बलानखोलामा दुलर्भ र लोपोन्मुख गिद्ध भेटिए



सिरहाको बलानखोलामा विश्वको लोपोन्मुख सूचीमा रहेका गिद्ध एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका छन् ।बलानखोलामा केही दिनयता दर्जनभन्दा बढीको सङ्ख्यामा गिद्ध विचरण गरेको देखिएको छ ।

सो स्थानमा विषेशगरी गिद्ध बस्ने सिमलका रुख भएकाले खैरो रङका बूढा गिद्ध देखिएका छन् । स्थानीय ललीत गुप्ताले १५ सम्म गिद्ध गनेको बताए। उनले भने, “मैले दुई दिनदेखि गिद्ध गनिरहेको छु, पहिलो दिन १४ थिए भने दोस्रो दिन २० थियो । गिद्ध देखेपछि स्थानीयवासीको ठूलो घुइँचो लाग्ने गरेको स्थानीयवासी भगवतीप्रसाद पासवानले जानकारी दिए।

नेपालमा आठ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये चार प्रजातिका अति लोपोन्मुखको सूचीमा रहेका कुशहास्थित मसिलाल जनता उच्च माध्यमिक विद्यालयका प्रार्चाय हंसनारायण मेहताले बताए। उनका अनुसार डङ्गर, सानो खैरो, सुनगिद्ध र सेतोगिद्ध अति लोपोन्मुखको सूचीमा छन् । यी प्रजातिका गिद्धलाई एशियामै अति लोपोन्मुखको सूचीमा रखिएको बताइएको छ । अहिले नेपालमा हिमाली, खैरो राज र हाडफोड प्रजातिका गिद्ध बढी पाइन्छन् ।

यी प्रजातिका गिद्धको तथ्याङ्क यकिन नभएको मेहताले बताए। उनले भने, “बलानखोलामा देखिएका गिद्ध हिमाली र खैरो हुन सक्दछ । हिउँदको समयमा हिमाली क्षेत्रमा बढी चिसोले गर्दा बसाइँ सरी तराई क्षेत्रमा आएका र खैरो गिद्धचाँहि सबै क्षेत्रमा पाइने गर्दछ ।” एशियामै अति लोपोन्मुखको सूचीमा रहेको डङ्गर गिद्ध नेपालमा एक हजार जोडीको हाराहरीमा रहेका प्राचार्य मेहताले जानकारी दिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics