यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागका केही स्थानहरूमा र पश्चिमी भू–भागका थोेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमानको विवरण निम्न छन्।

जेठ २८ गते (मंगलबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ २९ गते (बुधबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ ३० गते (बिहिबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics