एसीया प्यासिफिक फरेष्टी कमिसनको उपाध्यक्षमा नेपाल निर्वाचित

A+ A-

सचिव डा. विश्वनाथ ओली

नेपाल आगामी दुई वर्षका लागि एसीया प्यासिफिक फरेष्टी कमिसनको उपाध्यक्षमा निर्वाचित भएको छ ।
दक्षिण कोरियाको सोङडोमा सोमबारदेखि एसीया प्यासिफिक फरेष्टी कमिसनको २८ औं बैठकले नेपाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ । बैठकमा एसीया प्यासिफिक क्षेत्रका २८ देशको सहभागिता रहेको छ । नेपालबाट वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले प्रतिनिधित्व गरेका छन् । नेपालका लागि यति ठूलो मञ्चको उपाध्यक्ष प्राप्त गर्नु आफैमा महत्वपूर्ण उपलब्धी रहेको सरोकारवालाहरुले बताएका छन् ।


बैठकमा बोल्दै सचिव ओलीले नेपालले सामुदायिक वन क्षेत्रमा प्राप्त गरेको उपलब्धीसहित अन्य विभिन्न विषयमा आफ्नो धराणा राखेका थिए । बैठकसंगै एसीया प्रशान्त वन सप्ताह सुरु भएको छ । सप्ताहमा भागि लिन विश्वका विभिन्न देशबाट सहभागीहरु कोरिया पुगेका छन् । कार्यक्रम संयुक्त राष्टस)घीय विश्व खाद्य तथा कृषि संगठनले आयोजना गरेको हो । नेपालका तर्पबाट डा. ओलीले मंगलबार नै ग्रीन क्लाइमेट फण्डसम्बन्धी छलफलमा आफ्नो प्रस्तुती राख्ने कार्यक्रम छ ।




एसीया प्यासिफिक फरेष्टी कमिसनको २८ औं बैठक

यो कार्यक्रम एसीया प्रशान्त क्षेत्रको वनसम्बन्धी सबैभन्दा ठूलो कार्यक्रम हो । कार्यक्रममा ४६ देशका प्रतिनिधी सहभागी भएको आयोजक संस्थाले जनाएको छ । यसपटक भविश्वको वन र चुनौतीमाथी केन्द्रीत छ । कार्यक्रममा यसैसंग सम्बन्धित विभिन्न प्रस्तुतीहरु हुनेछन् । जलवायु परिवर्तन, अनुकुकलन, दीगो विकाससंग सम्बन्धित विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics