कस्तुरीको बिना सहित दुई जना पक्राउ

A+ A-

सिराहामा कस्तुरीको बिना सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिराहा नगरपालिका १६ बस्ने २५ वर्षीय कैलाश कुमार यादव र सोही नगरपालिका १३ बस्ने २८ वर्षीय अभासकर कुमार यादव रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले माडरबाट सिराहातर्फ आउँदै गरेको ना.२२ प ८००४ र बीआर ७ जेट ३३२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त कस्तुरीको १२ ग्राम बिना बरामद गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics