सक्रिय हुँदै मनसुन


गत बिहीबार पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन अहिले देशको पश्चिमी क्षेत्रमा पूर्ण रूपमा सक्रिय भइरहेको जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसकै प्रभावले अहिले देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। उनका अनुसार आइतबार मनसुन पश्चिम पुगेकाले पश्चिमको केही भूभागमा ठुलो पानी पर्ने सम्भावना छ । अरू ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने उनको अनुमान छ ।

यो वर्ष १० दिन ढिला गरी गएको बिहीबार पूर्वबाट प्रवेश गरेको मनसुन आइतबार देश भरी नै फैलिएको मौसमविद्ले बताएका छन् ।

बाढी पूर्वानुमान महाशाखाले नारायणी, पश्चिम राप्ती, बबई र कर्णाली जलाधार क्षेत्रमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र ५ नम्बर प्रदेशका पहाडी तथा चुरे क्षेत्रका ससाना खोलानालाहरूमा भने तीव्र बहावको सम्भावना रहेको बताएको छ ।

यस्तै आइतबार चुरेबाट बहने नदीमा बाढीको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।

सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन फैलिएर सेप्टेम्बर २३ तारिखमा पश्चिमबाट बाहिरिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics