देशभरको मौसम आशिंकदेखि सामान्य बद्ली , राति देशको धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना



देशभरको मौसम आशिंकदेखि सामान्य बद्ली भई राति देशको धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको  छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  राति  देशभर सामान्य बदली हुनेछ भने पूर्व, मध्य र पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना छ । मध्य र पूर्वका विशेषतः तराई भू–भागका एक दुइ स्थानमा र पश्चिमी पहाडी क्षेत्रमा भारी बर्षाको सम्भावना छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :

असार १६ गते  (सोमबार)


दिउँसोः देशभर  सामान्य बदलि  भइ देशका धेरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


राति: देशभर सामान्य बदलि भइ  पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।मध्य र पूर्वका बिशेषत तराई भू-भागका एक दुइ स्थानहरुमा र पश्चिमका बिशेषत पहाडी भू-भागका एक दुई स्थानमा भारी बर्षाको सम्भावना छ।


असार १७ गते  (मंगलबार)


दिउँसोः देशभर  सामान्य बदलि भई देशका पश्चिमी भु-भागका धेरै स्थानहरुमा र पुर्व र मध्यका केहि  स्थानहरुमा मेघ-गर्जन सहितको वर्षाको सम्भावना रहेको छ।


राति: देशभर सामान्य बदलि भई पुर्व र मध्यका केहि  स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


 असार १८ गते  (बुधबार)


दिउँसोः देशभर  सामान्य बदलि भई देशका मध्य र पश्चिमी भु-भागमा मेघ-गर्जन सहितको वर्षाको र देशका पुर्वी भु-भागमा हल्का वर्षाको सम्भावना रहेको छ।


राति: देशभर सामान्य बदलि भई पुर्व र मध्यका केहि  स्थानहरुमा मेघ-गर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics