दुई सय बाघ, २० लाखलाई देखाएर…

A+ A-



जल, जंगल, जमीन,
२४ घण्टा, प्रत्यक दिन।
डाँडा-काडाँ, हिमाल,
झरना, पोखरी, र ताल।

केस्रा-केस्रा केलाई,
पस्किनु पर्छ रे देशको।
अनि मात्र घुम्न आउँछन्
पाहुना, यहाँ विदेशको।

साहेब र हाकिमहरु,
गोष्ठी र कार्याशाला मार्फत।
पाँच तारे ठुला होटेलहरु,
आयातित ब्रान्डेडप्याला मार्फत।

पत्रकारहरु,
सरकारले चाहेको लेखाइ मार्फत।
फोटो-पत्रकारहरु,
सरकारकै आँखाको देखाई बाट।

राम्रा मात्र छानी छानी,
माहोल बनाउनु पर्यो रे देशको।
अनि ह्वातै,
हुल का हुल आउँछन्,
पाहुना, यहाँ विदेशको ।

हातीलाई,
झन् धेरै मान्छे बोकाएर।
निकुन्जमा,
राती राती गाडी कुदाएर।
दुई सय बाघ,
२०  लाखलाई देखाएर।

सगरमाथामा,
काठमाडौं को जाम दोहाराएर।
पग्लिएका हिउँलाई,
प्लास्टिकले फेरेर।
जैविक विविद्यता सम्बन्धी,
महासन्धीलाई पेलेर।

पर्यापर्यटनको बैतर्नी तर्न,
चाहन्छन रे सरकार।
र ल्याउन चाहन्छन्,
पाहुना हजार का हजार।

पाहुनाको बसाइ,
बिगत भन्दा,
१ दिन ले छोटियो,
बरु त्यसलाई कसरी हुन्छ,
बढाउन  लाग्ने कि?

भारतमा दिनको,
१०० डलर खर्च गर्नेहरु,
यहाँ आएर सरदर
५४ मै किन रोकियो,
त्यता नि ध्यान मोड्ने कि ?

गुणात्मक पक्षको,खयाल राखे,
संख्यात्मक लक्ष्य नि,अवश्य भेटिन्छ ।
जीडीपीमा योगदानको मात्र रट लागाए ,
प्राकृतिक र सांस्कृतिक सम्पदा,
दुईवटै पक्कै मासिन्छ ।

हाम्रो पर्यटनलाई, दीर्घकालीन,
बनाइ राखौं न।
मूल धन लाई,पारी सुरक्षित,
ब्याज मात्रै खाइ राखौ न।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics