चैतमा हुने ‘सगरमाथा संवाद’ स्थगित



नेपालले कोरोनो भाइरसको पूर्व तयारी अपनाउँदै चैतमा आयोजना गर्नै लागिएको सगरमाथा संवाद स्थगित गर्ने निर्णय गरेका छ ।

आइतबार साझ बसेको मन्त्रिपरिषद् बैठकले चैतमा आयोजना हुने ‘सगरमाथा संवाद’ स्थगित गरेको हो ।

मन्त्रालयले चैत २० देखि २२ सम्म काठमाडौंमा आयोजना गर्न लागेको संवादमा करिब १ सय ५० विदेशीसहित २ सय ५० प्रतिनिधि सहभागी हुने बताइएको थियो।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार सगरमाथा संवाद सचिवालयका पदाधिकारीसँग भेटवार्ता गर्दै यस विषयमा छलफल गरेका थिए।

यस्तै मन्त्रपरिषद् बैठकले भ्रमण वर्ष २०२० पनि स्थगित गर्ने निर्णय गरेको छ। चीनका लागि नेपालीराजदूत लीलामणि पौडेललाई पनि फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics