बिरालोमा पनि कोरोना भाइरस



अमेरिका : अमेरिकाको न्यूयोर्कस्थित घरमा पालिएका दुई बिरालोमा कोरोना भाइरस पोजिटिभ (कोभिड -१९) देखिएको छ । अमेरिकाको युएस सेन्टर फर डिजिज कन्ट्रोल र कृषि विभागले संयुक्त विज्ञप्ति जारी गर्दै दुई बिरालोमा कोरोना भाइरस देखिएको र उनीहरु निको हुने क्रममा रहेको जानकारी दिएको हो ।
बिरालोलाई श्वास प्रश्वासमा अप्ठ्यारो भएपछि परिक्षण गरिएको थियो ।

तर बिरालो राखिएका घरका कोही पनि मानिसमा भने कोराना भाइरस नदेखिएको एजेन्सीहरुले जनाएका छन् । उनीहरुले घर पालुवा जनावरका कारण कोभिड -१९ फैलिएको भन्न हल्ला भने सत्य नभएको स्पष्ट पारेका छन् । तर पशु चिकित्सकहरुले भने कोरोना भाइरस संक्रमण भएका व्यक्तिबाट घर बाहिर वा घरभित्रैबाट पनि उनीहरुमा भाइरस सरेको हुनसक्ने अनुमान भने गरेका छन् ।
न्यूयोर्ककै अर्को घरमा कोभिड -१९ देखिएको अर्को बिरालोमा पनि श्वास प्रश्वासमा समस्या देखिएको थियो । तर त्यो घरका व्यक्तिमा भने बिरालोमा भन्दा अगाडि नै कोभिड- १९ प्रमाणित भएको थियो ।

यसैबीच चिकित्सकहरुले घर पालुवा जनावरहरुसँग पनि सामाजिक दूरी कायम गर्नुपर्ने सुझाव दिएका छन् । मानिसहरुसंगै जस्तै उनीहरुसंग पनि दूरी कायम राख्नु नै बुद्धिमतापूर्ण हुने उनीहरुको भनाई छ ।

यसअघि न्यूयोर्ककै एउटा चिडियाखानामा रहेको बाघमा पनि कोरोना भाइरस संक्रमण देखिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics