जैविक विविधताको दिगो उपयोग समृद्धिको आधार

A+ A-

विश्व मानव समुदाय महामारीले आक्रान्त भईरहेको वर्तमान अवस्थामा मान्छेहरुले भन्ने गरेका छन प्रकृति अजेय छ र आफ्नै नियममा गतिशिल छ । संसारमा विद्यमान सम्पूर्ण प्राणी, वनस्पती तथा सूक्ष्म जीवाणुमा पाईने प्रजातीय भिन्नता, प्रकार र संख्या तथा तिनिहरु बिचको अन्तरसम्वन्ध नै जैविक विविधता हो ।

यि सबै जैविक विविधता र सृष्टीचक्रका अजैविक सम्पदाको स्पष्टीकरण स्वरुप नै प्रकृति हो । सनातन प्राकृतिक चक्रमा आउने वा हामीले ल्याउने गतिशिलता र संरचनाको विच्छेदनले निम्तिन सक्ने परिणामको एक उदाहरण हालको भाइरसजन्य महामारीलाई लिन सकिन्छ ।

अब आउ जैविक विविधतामै, सामन्य अर्थमा तपाई हाम्रो वरपर रहेका फरक फरक प्रकारका जीव जन्तु र बोट बिरुवाकोे उपस्थिती नै जैविक विविधता हो । जैविक विविधता अन्तरगत आफ्नै प्रकारको विभेद हुने वन, मरुभूमी, घाँसेमैदान, तालतलैया, खोलानाला आदी पारस्थितिक विविधता, धान, गहु, कोदो, मकै जस्ता जातिगत विविधता र धानका मन्सूली, मार्सी जस्ता विभीन्न प्रजातिहरु जनाउने वंशगत विविधता पर्दछन ।

नेपाल जैविक विविधताको हिसाबले विश्वको २५ औ र एशियाको ११ औ स्थानमा र्पदछ । नेपालको भुधरातलीय बनोट तथा छोटो दुरिमै पाइने विविध भौगोलिक संरचना, भीर, पहरा, गल्छी, उपत्यका र यसले पारेको स्थानिक हावापानीमा प्रभाव र यस परिस्थितीको उपजमा अस्तित्वमा आएका वनस्पती तथा जनावरको विविधता देशका अमुल्य निधी तथा राष्ट्रिय गौरवका विषय हुन ।

६० मिटर देखी ८८४८ मिटर सम्मको उचाइ तथा तराइ क्षेत्रमा उष्ण, मध्य पहाडी क्षेत्रमा समशीतोष्ण र उच्च हिमाली क्षेत्रमा शित हावापानी रहेकोले नै यहा त्यसै अनुकुलका विशिष्ट जैविक विविधताको वर्चस्व रहन सकेको हो ।

नेपालमा ११८ किसीमका वन पर्यावरणीय प्रणालि छन भने २०८ भन्दा बढी प्रजातिका स्तनधारी, ८८६ भन्दा बढी प्रजातिका चराहरु, ४३ प्रजातिका उभयचर, १०० प्रजातिका सरिसृपहरु र १८७ भन्दा बढी प्रजातिका माछाहरु पाईने अभिलेख छ र अध्यन अनुसन्धानका क्रममा नयाँ नयाँ प्रजाती थपिदै गईरहेका हुन्छन । यसका साथै करिब ७ हजार प्रजातीका फुल फुल्ने वनस्पतीहरु, ४७१ प्रजातिका झयाउ, १८२२ प्रजातिका ढँुसि र ३८३ प्रजातिका उन्यूहरु पनि पाईन्छन ।

नेपाल जैविक विविधताको अपार भण्डार हो तर हाम्रा यि स्रोत र साधनहरुको सहि पहिचान र लगत निकाल्न सकेका छैनौ भने अर्को तिर अनियन्त्रीत र जथाभावी प्रयोगले कयौ प्रजाती लोप हुने अवस्थामा छन ।

जैविक विविधताको सम्बन्ध बहुआयामिक छ जसमा हामीहरु जीवन निर्वाह, आय आर्जन, औधोगीक कच्चा पदार्थ, जडीबुटी, वस्तु विनिमय तथा व्यापारकालागि भर पर्ने गर्दछौ । हामीहरुको जीवन यापनका हरेक प्रक्रिया तथा सामाजिक, सास्कृतिक, धार्मिक र आध्यात्मिक प्रचलनहरु जैविक विविधता सँग गासिएका छन ।

हामीले दैनिक खाने खानाका परिकार र उपयोगका जैवीक बस्तुहरु सबैको स्रोत जैविक विविधताको क्षेत्र नै हो । विश्व अर्थव्यवस्थाको ४० प्रतिशत बढी र न्युन आय भएका अधिकांश मानिसहरुका झन्डै ८० प्रतिशत आवश्यकताहरु जैविक विविधताको क्षेत्रबाट पूर्ति हुन्छ । जैविक विविधताका कारण नै जलचक्र, कार्वनचक्र तथा नाईटोजनचक्र सन्तुलित भई वातावरण सन्तुलन हुन्छ र सनातन खाद्यचक्र गतिशील बन्दछ । नेपाल भित्रीने कुल पर्यटक मध्ये करिव ६० प्रतिशत संरक्षित क्षेत्रमा रहेको प्राकृतिक सौन्दर्य र जैविक विविधता हेर्न आउछन जुन पर्यापर्यटनको कडी, संरक्षणमा उत्पेरणा मात्र हाईन अर्थतन्त्रको खम्बा पनि हो ।

नेपालको जैविक विविधता संरक्षणको पारम्भिक पृष्ठभूुमी केलाउदा सरकारी संरक्षण निकाय, विज्ञ, संरक्षण सस्थाहरु र संरक्षणकर्र्मीहरुले संरक्षणको पाटोलाई मात्र ध्यान दिने र आम उपभोक्ताहरुले उपयोगलाई मात्र प्राथमिकतामा राख्ने गर्दा संरक्षण र दिगो उपयोग असन्तुलित थियो । तर पछिल्ला वर्षहरुमा जैविक विविधताको अनुसन्धान, संरक्षण, दिगो उपयोग र व्यवस्थापनमा नीति निर्माता सँगै जन चासो, जन सहभागिता र अपनवत्वको मुलप्रवाहीकरण हुदै गएको छ ।

परिणामत दुर्लभ वन्यजन्तु बाघ, गैडा, गिद्ध जस्ता प्रजातीको संख्या बढदै गएको छ । यद्यपि यसको हामी अभ्यासकै चरणमा छौ त्यसैले रस्साकस्सी चलेकै छ । राज्यको संघीय संरचनामा परापूर्वकालदेखि जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्दै आएका किसान र स्थानीय आदिवासीहरुको ति स्रोतहरुमा अधिकार र अपनत्व स्थापीत गराउदै संरक्षणमा अग्रसर गराउने लक्षय छ । प्रस्ट छ हाम्रा प्राकृतिक सम्पदा र यहाका जैविक विविधता समृद्धिको आधार हुन केवल यिनको व्यवस्थापन र दिगो उपयोगको खाँचो छ ।

बढदो जनसंख्याको चाप, अनियन्त्रीत वन फडानी र प्राकृतिक वातावरणमा परेको अत्याधिक चापलाई न्यून गर्दै जैविक विविधिता मासेर होइन संरक्षण, व्यवस्थापन र प्रवद्धन गरेर आर्थिक सवलता  तर्फ लम्कनु पर्दछ । विश्व पर्यटनको इतिहास र विकास हेर्ने हो भने पनि जैविक विविधितामा आधारित पर्यटन दिगो र बढी प्रतिफल दिने खालको देखीन्छ ।

दिगो विकास र जैविक विविधता एक अर्काका परिपुरक हुन यिनलाई सापेक्ष रुपमा अघि बढाउनु जरुरी छ । वि.सं २०७० को दशक सम्म आइपुग्दा नेपालमा हिमाल देखि मध्य पहाड तथा तराईका समथर भुभागसम्म निकुन्ज, आरक्ष तथा संरक्षण क्षेत्रहरुको निर्माणले जैविक विविधता संरक्षणको आधार तय भएको छ साथै सामुदायिक तथा मध्यवर्ती वन क्षेत्रको उचित व्यवस्थापनले वन्यजन्तुहरुको वैकल्पिक वासस्थानको सृजना गर्नुका साथै पर्यापर्यटन प्रवद्धन र जिविकोपार्जनमा टेवा पु¥याइरहेको छ ।

नेपालको हरियो वनले बर्सेनी १.८ देखि ३.६ मिलियन टन कार्बन सुरक्षण गर्दछन । यसरी बोटबिरुवाले भण्डारण गरेको कार्बनडाईअक्साईडको कार्बन व्यापारबाट मात्र पनि नेपालले वार्षिक ३ देखी ४ अरब रुपैया आर्जन गर्न सक्दछ । यसरी हामीले जोगाएर राखेका वनजंगल र जैविक विविधता पर्यावरण सन्तुलनका साथै आयस्रोतका माध्यम पनि बन्दै छन् ।

तपाई हाम्रा मानविय क्रियाकलापहरु जस्तो रासायनिक किटनाशक औषधि तथा मलको बढदो खपत, फोहरमैला र बिषादियुक्त पदार्थहरु पानी, जमिन र हावामा फाल्नु, वन सम्पदाको अत्याधिक उपयोग, अवैधानिक चोरी शिकार, जैविक सम्पदाको व्यापार र बदलिदो तापक्रमले जैविक विविधतामा हस आइरहेको छ र यसको प्रत्यक्ष असर हामी आफैले भोगिरहेका छौ । यसरी जैवीक विविधतामा ह्रास हुँदै गर्दा प्राकृतिक सन्तुलनको जालो विच्देदन भई सिङ्गो सृष्टी चक्र र मानव सभ्यता नै संकटमा पर्दैछ । हामीमा जैविक विविधताको दिगो उपयोग र लाभको बाडफाँड, आनुवंशिक स्रोतमा पहुच र संरक्षण सचेतनाको अभाव छ ।

यसर्थ हामीहरुका स्थानिक वनस्पती, पशुपंक्षी, अन्नवाली, फलफूल र जडिबुटीका कतिपय प्रजातीहरुलाई परिमार्जित तथा आयाति प्रजातीले विस्थापित गर्दैछन फलत हाम्रा रैथाने प्रजाती हराउँदै गएका छन्। यसका दिर्घकालिन दुष्परिणाम बारे हामीलाई अहिले सोच्ने फुर्सद नै देखिदैन ।

प्रतिक्रिया दिनुहोस

web
analytics