यस्तो छ आजको मौसम

A+ A-

नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र वाग्मती प्रदेशभरि तथा प्रदेश नं ५ का अधिकांश भूभागमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, २, ५, वागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics