शारिरिक व्यायामले क्वारेन्टाइनमा बस्नेको खुसी बढ्यो

कर्णाली प्रदेश, सुर्खेत जिल्लामा क्वारेन्टाइनमा बस्नेको खुसी बढेको छ । शारिरिक व्यायाम र ध्यान सिकेपछि क्वारेन्टाइम बस्नेहरु अहिले रमाएका छन् ।

लेकबेसी नगरपालिका  वडा  नम्बर ३ र ४ मा गरी ३ वटा क्वारेन्टाइनमा हरेक दिन नियमित शारिरिक व्यायाम र ध्यान कक्षा संचालन भएको छ। 

तीनवटा क्वारेन्टाइनमा महिला, पुरुष, बालबालिका गरी करिब ११० जना भन्दा बढी अहिले शारिरिक व्यायाम र ध्यान कक्षामा सहभागि हुने गरेका छन् ।

सामाजिक कार्यकर्ता रमेश बिक्रम हमालको नेतृत्वमा तीनवटा वडामा ध्यान र शारिरिक व्याम सञ्चालन भइरहेको छ । उनले खुशी रहने, आफुले आफुलाई चिन्ने, सोच परिवर्तन गर्न, जहिले राम्रो सोच्न पनि ध्यान मार्फत सिकाइरहेका छन् ।

समाजिक कार्यकता हमालले व्यायम र ध्यानपछि क्वारेन्टाइमा बस्ने खुसी भएको जानकारी दिए । मानसिक र शारिरिक स्वास्थ्य नै मुख्य कुरा हो त्यसैले उनले यसमा ध्यान केन्द्रित रहेको उल्लेख गरे ।

कोभिड १९को मापदण्ड अनुसार अनिबार्य मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने जस्ता नियमहरु पनि पालना गरि नियमित योग कक्षा सञ्चालन गरिएको छ । क्वारेन्टाइनमा रहेका बच्चा र बृद्धलाई भने अनिबार्य गरिएको छैन ।

मास्क लगाउँदा स्वासप्रस्वासमा समस्या हुनेहरुलाई अलिक टाढा राखी अभ्यास गराइरहेका छन् ।

हमालले आफ्नो सुरक्षालाई ध्यानमा राखी हरेक दिन मास्क, पन्जा, हात खुट्टा छोपिने कपडा लगाएर मात्र अभ्यास गराइरहेका नेचर खबरलाई बताए ।

बैदेशिक रोजगारमा गएकाहरुलाई कोरोना ल्यायो भनेर आरोप लगाउँदा उनीहरुको  मानसिक समस्याहरु आउन सक्ने कुरालाई ध्यानमा राख्दै यो अभियान सुरु गरेको हमालले बताएका छन् ।  आफ्नै ठाउँमा आएर पनि आफ्नो ठाउमा घरमा बस्न नपाउने, अनेकौ समस्याहरु संग जुध्नुपर्ने, यताउता जान नपाउने जस्ता समस्याले गर्दा  यो अभ्यास निकै लाभदायक भएकोले यस्तो काम गर्ने पाएकोले आफुपनि खुसी रहेको व्यक्त  गरे ।

सुर्खेत जिल्ला जल्मथलो रहेका रमेश हमाल पेशाले समृद्धि कलेज लोकन्थली भक्तपुरमा मानविकी संकाय, सामाजिक कार्य विषयको प्रमुख र शिक्षक हुन् । सामाजिक कार्य पढेर यही पेशामा रमाउदै आइरहेका उनले लैंगिक अध्ययनमा स्नातकोतर गरिसकेका छन् र अहिले राजिनिती शास्त्रबाट पनि स्नातकोत्तर गरिरहेका छन । अहिले उनी अमेरिकाको सान्दियागो बिश्वबिद्धालयद्वारा संचालित उत्कृष्ट ३० नेपाली लिडर लाई दिने लिडरसिप कोर्सपनि गर्दै छन् ।

तस्बिरहरु: खगेन्द्र हमाल

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics