५०० ठाउँमा डढेलो, भयाभह हुने चेतावनी

स्थिती भयाभह हुनसक्ने चेतावनी

गर्मीयाम सुरु भएसंगै देशभरी डढेलोले प्रकोपको रुप लिन थालिसकेको छ । सामान्यतया फागुनको दोश्रो सातादेखि सुरु हुने डढेलोका घटना यसपटक सुरुमै डरलाग्दो अवस्थामा पुगेको छ । फागुनको पछिल्लो एकसातामा मात्रै पांचसय ७३ ठाउँमा डढेलो लागेको छ ।

फागुन १२ गते २९ ठाउँमा , फागुन १३ गते ४८ ठाउँमा ,फागुन १४गते ४२ ठाउँमा , फागुन १५गते ४२ ठाउँमा, फागुन १६गते ५० ठाउँमा र फागुन १७ गते ३९ ठाउँमा , फागुन १८ गते ५८ , फागुन १९ गते ३१ ठाँउमा , फागुन २० गते २८ ठाँउमा , फागुन २१ गते ६५ ठाँउमा र फागुन २२ गते १४१ ठाउँमा डढेलो तथा आगलागीका घटना भएको अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा) को तथ्यांक छ ।

डढेलो र आगलागीका घटना सुरु हुने वित्तिकै सबैभन्दा धेरै फागुन २२ गते १४१ ठाउँमा डढेलो तथा आगलागीका घटना भएको छ ।

लामो समयको खडेरीका कारण यो वर्ष अघिल्ला वर्षभन्दा छिटै डढेलो लाग्न थालेको विशेषज्ञहरुले बताएका छन् । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजक डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले यसै सातादेखि मुलुकका विभिन्न भागमा डढेलो सुरु भएको जानकारी दिए । शर्माले भने ,“यो क्रम अब झन बढ्छ । एकै दिन ६०० देखी ७०० सय ठाउँमा लाग्छ त्यसैले पहिले सवधानी अपनाउनु पर्छ ।” सहरी क्षेत्रमा दमकलमार्फत आगो नियन्त्रण गरिने गरे पनि जंगलमा लाग्ने आगो नियन्त्रण लागि हवाईजहाज र हेलिकप्टरक प्रयोगको अभ्यास नेपालमा छैन । विकसित देशमा भने यो अभ्यास लामो समयदेखि हुदै आएको छ ।

फोटो: नासा


नेपालको भौगलिक हिसाबले गर्दा पनि सबै ठाँउमा दमकल पुग्न नसकेने भएको आगो लाग्नै नदिने कुरामा जोड दिनुपर्ने विज्ञहरुको सुझाव छ । हरेक वर्ष हुने आगलागी र डढेलोका घटनाको क्षती धेरै छ तर सरकारले यसलाई अध्ययन अनुसन्धानको प्राथमिकतामा राखेको समेत छैन ।
गत वर्ष चैत महिनामा एक साताको अवधिमा कुल वन क्षेत्रमध्ये २० प्रतिशत क्षेत्रफल अर्थात झन्डै १३ लाख हेक्टरभन्द बढि वनमा आगो लागेको थियो । तराइ क्षेत्रमा पानी नपर्ने धेरै हावाहुरी चलेको कारण वनको आगो नियन्त्रण ल्याउन कठिन हुन गरेको अनुभवीहरुको भोगाइ छ । अधिकांश ढडेलो तराई क्षेत्रमा लागेको पाइन्छ ।

हरेक वर्ष सामान्यत: फागुनदेखी जेठसम्मको समयमा धेरै डढेलो लाग्छ र यसैलाई वन डढेलो याम भनेर चिनिन्छ । फागुनदेखि जेठसम्म डडेलो नेपालमा धेरै नै क्षती गर्ने गरेको छ । फागुनदेखि जेठसम्म डडेलो लाग्ने समय हो भने बैशाख र जेठ सबैभन्दा बढी गर्मीहुने हुँदा जोखिम बढि हुने गर्छन । डढेलोकारण मानव जीवन , स्वास्थ्य र राम्रो अस्तित्व आर्थिक सम्पति , जैविक विविधता , जल संसाधन ,माटो , वातावरण र जलवायुमा असर गर्ने गरेको छ । विगतको तथ्यांक हेर्दासमेत निकुन्जहरुमा पनि आगोलागि भएको पाइन्छ । सन २००८ देखी २०१५को तथ्यांक अनुसार, ८३ प्र्रतिशत आगालागी र डढेलोका घटना मध्य फागुन मध्य बैशाखमा हुने गरेको छ भने ६० प्रतिशत आगालागी मध्य चैत र मध्य बैशाखमा हुने गरेको छ ।
नेपालमा २०७२ मा १.३ मिलियन हेक्टर वनको नोक्सानी र ११जनाले डढेलोबाट ज्यान गुमाएका थिए । यो नै अहिलेसम्मको ठूलो क्षती हो ।
नेपालको सन्र्दभमा वन डेढेलो प्राकृतिक कारणमात्र नभएर मानवीय कारणले धेरै लाग्ने गरेको अध्ययनले देखाएको छ । वन पैदावार संकलान ,वन अतिक्रमण , चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुको मुख्य कारण भएको छ ।

डेढेलोको कारण हुने असर जैविक विवधता , वन्यजन्तु , जढिबुटि ,बिरुवा , वायु प्रदुषण र मानव स्वास्थ्य , समाजिक जीवन ,पानीको स्रोत आदिको कुनै पनि तथ्यांक र लेखाजोखा नेपालमा छैन ।
नेपालकोे वर्तमान कानुनले पनि जथाभावी डढेलो लगाउनुलाई अपराध नै मानेको छ । मुलुकी ऐन, २०२० मा आगो लगाउने कार्यलाई फौजदारी अभियोगका रूपमा लिइएको छ । त्यस्तै वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापमा बन्देज लगाइ यसलाई कानुनी अपराधका रूपमा लिई सजायको प्रावधान राखिएको छ । वन तथा भूसंरक्षण मन्त्रालयले त वन डढेलो व्यवस्थापन रणनीति, २०६७ नै बनाएको छ । यसरी कानुनी तथा नीतिगतरूपमा जेरजे व्यवस्था गरे पनि यसको कार्यान्वयनमा कमजोरीले बर्से्नि डढेलेको वृद्धि हुँदै आएको छ । डढेलोले अप्रत्यक्ष असर जैविक विविधता , वन्यजन्तु र वातावरण धेरै नै असर गर्ने गरेको छ यसमा सरकारको ध्यान जान आवश्यक छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics