कैलालीमा बाढीमा बेपत्ता २ जनाको शव फेला

अविरल बर्षाका कारण आएको बाढीले कैलालीमा बेपत्ता बनाएको २ जनाको शव फेला पारेको छ । बुधबार आएको अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता भएका तीन जनामध्ये २ जनाको शव फेला पारेको हो ।

बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने बर्ष ४० का ईश्वर शाहको शव  शुक्रबार फेला परेको हो भने बिहिबार स्केल चौधरीको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शाहको शब बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरिक्षक प्रतिक बिस्टले रातोपाटीलाई जानकारी दिए ।
अझै भजनी नगरपालिका ८ का चक्र बिक भने अझै बेपत्ता नै रहेको र खोजी कार्य जारी रहेको उनले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics