वातावरण समाजको प्रदेश नं १ समिति गठन



वातावरणको क्षेत्रमा काम गरिरहेको संस्था नेपाल वातावरण समाजलाई प्रदेश स्तरमासमेत विस्तार गरिएको छ ।

समाजकी उपाध्यक्ष तथा प्रदेश नम्बर १ की संयोजक मषिा राजभण्डारीको संयोजकत्वमा बसेको भर्चुअल बैठकले प्रदेश नम्बर १ समन्वय समिति गठन गरेको हो ।

समितिको संयोजकमा बिराटनगरका अभिषेक श्रेष्ठ (मोरङ) तथा सचिवमा सुनसरीका सन्देश पोखरेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा सागर निरौला सोलुखुम्बु, लोकेन्द्र सुब्बा ताप्लेजुंङ, राजु चौहान संखुवासभा, करुन देवान मोरङ, युगदीप लुँइटेल मोरङ, सावित्री राई झापा, लुना खतिवडा इलाम, सिजल पोखरेल झापा र टीका रेग्मी झापा रहेका छन् ।

समितिले प्रदेश नम्बर १ मा वातावरण तथा संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सरकार तथा सरोकारवालासँगको सहकार्यमा अघि बढाउने निर्णयसमेत गरेको छ । भेलामा प्रदेश नम्बर १ का २५ जना सदस्यको उपस्थिती थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics