सालकको खपेटा सहित पक्राउ

काठमाडौं महानगरपालिका २६ मित्रनगर बबालीचोकबाट १ थान सालकको खपेटा सहित एकजनलाई पक्राउ गरेको छ ।

धादिङ छत्रेदेउराली गाउँपालिका ६ घर भएका सुभाष तामाङ भन्ने २७ वर्षीय सुजन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी परीसर टेकुबाट खटिएको संयुक्त प्रहरी टोलीले सुजनलाई जाँच गर्दा उनले बोकेको झोलाभित्र उक्त सालकको खपेटा फेला पारी पक्राउ गरेको थियो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics