हिमाली क्षेत्रमा हिमपात हुने

सोमबार सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगका एकरदुई स्थानमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिउँ पर्ने सम्भावना रहेकाले हिमाली क्षेत्रमा चिसो अझै बढ्न सक्ने अनुमान गरेको छ ।

केही दिनदेखि नियमित तापक्रम घटेर हिजो बिहान न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको काठमाण्डौमा आज २ दशमलव ९ डिग्रीमा झरेको छ ।

तराईका जिल्लाहरुमा पनि अहिले बिहानबाट बिस्तारै हुस्सु र कुहिरो लाग्न सुरु भएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले वाग्मती र गण्डकी प्रदेशको हिमाली ठाउँहरुमा पातलो कुहिरो लागेको छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सोमबार सफा रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics