बदली र वर्षाको सम्भावना
A+ A-- नेचर खबर
- फागुन ०६, २०७७
बिहिबार पनि अपराह्नपछि बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरुले पूर्वानुमान गरेका छन् ।
काठमाडौं उपत्यकामा बिहानपख घाम लागे पनि दिउँसो एक-दुई बजेपछि भने बदली हुने देखिन्छ र हल्का वर्षा सम्भावना रहेको मौसमविदहरुले बताएका छन्। शुक्रबारबाट दुई-तीन दिन भने पहाडी भूभागहरुमा आंशिक बदली मात्र हुने पूर्वानुमान गरिएको छ ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस