अलकत्राको झोल छर्किन निर्देशन



सरकारले उपत्यकाको प्रदुषण नियन्त्रण गर्न भत्काइएका सडकमा अलकत्रा छर्कने भएको छ । सडक भत्काइएपछि यसबाट निस्किएको धुलो माटोले मानव स्वास्थ्यमा गम्भिर असर पारेको भन्दै मंगलबार बसेको संसदको वातावरण संरक्षण समितिको बैठकले झोल छर्किन निर्देशन निर्देशन दिएको हो ।

उपत्यकामा सडक भत्काइएपछिको धुलो नियन्त्रण गर्न तत्कालका लागि पानी छर्कने, अलकत्राको झोल छर्कने र केही मात्रामा धुलो कम गर्ने भत्काइएको सडक छिट्टै कालोपत्र गर्ने निर्देशन समेत दिएको छ  ।

तत्काल प्रदुषण नियन्त्रण गर्नका लागि स्थायी समाधान निकाल्न प्रभावकारी अनुगमन गर्ने, कामदारहरुको संख्या बढाउने र काम छिटो गर्ने निर्णय समेत बैठकले गरेको छ । साथै वातावरणमैत्री विकास निर्माण कार्य गर्नका लागि खानेपानी तथा सरसफाई मन्त्रालय, आयोजना कार्यान्वयन निर्देशनालय मेलम्ची खानेपानी आयोजना र काठमाडौं उपत्यका खानेपानी लिमिटेड लाई निर्देशन दिने भएको छ । काम छिटो र प्रभावकारी वनाउन भइरहेका कार्यको प्रगति विवरण १५/१५ दिन भित्र समितिलाई उपलब्ध गराउनु पर्ने निर्णय समेत समितिले गरेको छ ।

सडक विस्तार र खानेपानीको पाइप विछ्याउने कार्यले काठमाडौं उपत्यका केहि महिनायता धुलोले ढपक्कै ढाकिरहेको छ । सडकमा उडेको धुलोको कारण राजधानीवासी विभिन्न रोगका शिकार समेत बन्न पुगेका छन् । काठमाडौंका प्रायजसो सबै क्षेत्रमा उडेको धुलोका कारण स्थानीयको जनजीवन समेत प्रभावित बन्दै आइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics