दोश्रो नदी शिखर सम्मेलन त्रिशुलीमा



तस्वीर : नवीन बराल

नदी संरक्षणमा बहस गर्न दोश्रो नदी शिखर सम्मेलन आयोजना हुने भएको छ । नेपालनदी संरक्षण संस्था, युथ एलाएन्स् फर इन्भाइरोमेण्ट, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा चैत ३ देखि ६ गते सम्मत्रिशुलीनदीको किनार, थेबेटारगोरखामा नदी शिखर सम्मेलन २०७३ आयोजना हुने भएको छ । आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नदी तथा सम्पदा संरक्षण र व्यवस्थापनका लागि उचित पहल थाल्न सरकारसमक्ष आग्रह गरेका छन ।

नेपालमा करीब ६००० सानातथा ठूला नदीहरु छन्। यी सबै नदीमा अपार संभावना छ । तर विभिन्न कारणहरुले गर्दा यिनीहरुको सदुपयोग हुन सकेको छैन । नीतिनियमतथा ऐन कानून्को प्रभावकारी कार्यान्वयन नहुँदा जसले जुननदीमा जे पनि गर्न पाउने अवस्थाले गर्दा नदीहरु प्रदुषण, अतिक्रमण तथा विनास हुदै गइरहेका छन् ।

शिखर सम्मेलनको उद्घाटनको दोश्रो दिन त्रिशुलीनदीमा -याफ्ट बोटमा नदी सम्मेलनको पहिलो सत्र सञ्चालन हुनेछ । सो कार्यक्रममा विभिन्न प्रस्तुति तथा छलफल र समापन कार्यक्रम गोरखा जिल्लाको त्रिशुलीनदीको तट (थेवाटार) मा हुने जानकारी आयोजकले दिएका छन् । नदीसँग सरोकार राख्ने सरकारी, निजी, गैरसरकारी, विकास साझेदार तथा आश्रित समूदायको सहभागितामा नदी व्यवस्थापन र संरक्षणकालागि बृहत छलफल गर्ने कार्यक्रमको उद्देश्य छ ।

सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ, विशेषज्ञ, अनुसन्धानकार्ता, नीति निर्माता, कानून्विद्, व्यापारी, लगानीकर्ता, विद्युत उत्पादक, संचारकर्मी, विद्यार्थी, स्थानीयहरु, अभियन्ता, अधिकारकर्मी, वातावरणविद् लगायतभारत, अमेरीका, पाकिस्तान, भुटान र बेलायतका विशेषज्ञहरु सहभागी हुने जानकारी नदी संरक्षण अभियन्ता तथा सम्मेलन आयोजक मेघ आलेले दिए । सम्मेलनको अन्तिम दिन त्रिशुली साझा अवधारणा जारी गर्दै दोस्रो नदी शिखर सम्मेलनको समापन हुनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics