उपलब्धी थप्दै नरेशको कार्यकाल सकियो

बैठकमा नरेश शर्मा


जलवायु अनुकुलन कोष (एडप्टेशन फण्ड बोर्ड) का अध्यक्ष नरेश शर्माले एक वर्षे कार्यकाल सफलताका साथ पुरा गरेका छन् ।

वातावरण मन्त्रालयमा कार्यरत बरिष्ठ कृषि अर्थविद् शर्माले अध्यक्षको रुपमा पाएको एक वर्षे जिम्मेवारी बिहीबार सकिएको छ । जर्मनीमा भइरहेको कोषको बैठकमा शर्माले आफ्नो नेतृत्वमा प्राप्त गरेका उपलब्धी बैठकसमक्ष राखेका छन् । उनले एक वर्षको अवधीमा कोषलाई आर्थिक तथा अनुकुलनका मुद्दामाथीको बहसका दृष्टिकोणले उचाइ थपेका छन् ।

उनले बैठकमा भनाइ राख्ने क्रममा एक वर्षको अवधीमा प्राप्त गरेका उल्लेख्य उपलब्धी प्रस्तुत गरेका थिए । शर्माले कोषको भूमिका जलवायु परिवर्तन सम्बन्धी विभिन्न अन्तर्राष्टिय बैठक तथा सम्मेलनमा उल्लेख्य रुपमा देखाएका थिए । पेरिस संझौतामा कोषका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिएको र कोष्को उचाइ त्यसले थपेको जानकारी उनले बैठकमा गराएका थिए ।

मराकसमा आयोजित जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्टको सम्मेलन (कोप) मा सम्मेलनमा कोषले धेरै कार्यक्रम तथा आयोजना गरेको थियो । शर्माले सीएमपी १२ मा कोषका तर्फबाट प्रस्तुतीसमेत गरेका थिए । शर्माले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्टको सम्मेलन कोपमा राष्टप्रमुख सहभागी सेसनमा कोषका तर्फबाट भनाईसमेत राखेका थिए । जसले नेपालको मुद्दालाईसमेत अन्तर्राष्टियकरण गर्न उल्लेख्य सहयोग पुगेको थियो । जर्मनीमा जारी बैठकमा अन्य देशहरुले शर्माको नेतृत्वमा भएका उपलब्धीको खुलेर प्रशंसा गरेका छन् । मराकसमा भएको जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्टको सम्मेलनमा ऐतिहासिक उपलब्धी शर्माको नेतृत्वमा कोषले प्राप्त गरेको थियो । कोषले पेरिस संझौतामा कार्यान्वयन गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

कोषले वितेको एक वर्षमा आर्थिक परिचालनमा समेत उल्लेख्य गरेको छ । सन् २०१६ सम्ममा ८० मिलियन अमेरिकी डलर प्राप्त गर्ने लक्ष्य राखेकोमा शर्माको नेतृत्वमा लक्ष्यभन्दा बढी ८१.५ मिलियन डलर प्राप्त भएको छ । कोषलाई जर्मनी, स्वीडेन, इटाली, बेल्जियमलगायतका देशले उल्लेख्य योगदान गरेका थिए । बैठकमा शर्माले सहयोग गर्ने देशहरुको प्रंशसा गरेका थिए । यस्तै उनले वितेको एक वर्षमा  विभिन्न संझौता, सहमती तथा परियोजनामा हस्ताक्षर गरेका छन् ।
कोषको अध्यक्षका रुपमा शर्माले पाएको जिम्मेवारी नेपालले पाएको अन्तर्राष्टिय स्तरको अहिलेसम्मकै ठूलो जिम्मेवारी हो । शर्मा कोषको अध्यक्ष भएकै कारण जलवायु परिवर्तनसम्बन्धी विभिन्न कार्यक्रम, परियोजनासमेत पप्राप्त गर्न सहज भएको हो ।हो । उनले पेरिस संझौता कार्यन्वयन गर्नमा पनि विशेष भूमिका निर्वाह गरेका छन् ।

नरेश शर्मा


 

विश्वभरी जलवायु परिवर्तनका कारण बदलिएको मौसम अनुसारका अनुकुलन कार्यक्रम सञ्चालनका लागि वित्तीय सहयोग उपलब्ध गराउने यो निकायको अध्यक्षता शर्माले पाएका थिए । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना (युएनएफसीसीसी) अन्तर्गत गठन भएको बोर्डमा नेपालले अध्यक्षताको मौका पाएपछि शर्मा २०१६ को अध्यक्षका रुपमा चयन भएका थिए । कोष विकासोन्मुख तथा विकासशिल देशमा अनुकुलनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सन् २००० मा स्थापना भएको हो । विकसित देशले उपलब्ध गराएको वित्तीय सहयोगको स्वीकृती, व्यवस्थापन र परिचालनको काम कोषको बोर्डले गर्छ ।

कार्यक्रम स्वीकृत गरी स्थानीय तहसम्म पुर्याउन तथा कार्यान्वयनका लागि सहजीकरणको काम गर्न कोष बोर्डको परिकल्पना गरिएको हो । बोर्डमा संसारभरीका ३२ देशका ३२ जना सदस्य हुन्छन् । जलवायु परिवर्तनका कारण आर्थिक, सामाजिक तथा वातावरणीय प्रभाव उच्च रहेको नेपालले कोषको नेतृत्व गर्न पाउदा जलवायु परिवर्तन अनुकुलनका अभियान र कार्यक्रम थप प्रभावकारी भएको थियो ।हरेक वर्ष आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको सम्मेलनमा अनुकुलन कोषको रकम र त्यसको परिचालनमा वृहत छलफल हुने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics