नेपालको वन क्षेत्र अब भ्रष्टाचार सुन्य



नेपालको वन क्षेत्र अब भ्रष्टाचार सुन्य बन्ने भएको छ । सामुदायिक वन अभियानकर्ताले राजधानिमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै वन मन्त्री शंकर भण्डारीले वन क्षेत्रलाई भ्रष्टाचार शुन्य बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने ‘सामुदायिक वनको विकाश र व्यवस्थापन गरी विदेशबाट आउने काठलाई विस्थापित गर्नुपर्छ, र नेपाललाई आत्म निर्भर बनाउनुपर्छ । ’

सामुदायिक बन अभियानकर्ताहरुले नेपालको संविधान र वन ऐन २०४९ अनुसार स्वतन्त्र रुपमा सामुदायिक बनको दिगो व्यवस्थापन र बन उद्यम विकाश गरी विदेशबाट निर्यात हुने काठलाई प्रतिस्थापन गर्न नेपाल सरकारको ध्यानाकर्षण गरेको थियो ।

फेकोफनका पुर्वअध्यक्ष तथा ग्रिन फाउण्डेशनका अध्यक्ष घनश्याम पाण्डे, फेकोफनका महासचिव भारति पाठक, पुर्व केन्द्रिय सदस्य तथा सांसद दिप बहादुर लिम्बु र इन्द्र बानियाँसँग वनमन्त्री भण्डारीकोे अन्तक्र्रिया कार्यक्रम भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics