साताभर मौसममा बदली हुने



पश्चिमी वायु र स्थानिय वायूको प्रभावले उपत्यका सहित नेपालको पहाडी भुभागमा शनिवारदेखि मौसममा बदली आएको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाले यो साताभर मौसममा बदली हुने जनाएको छ । ‘सामान्यतया बिहानपख मौसम सफा रहे पनि बेलुकाको समयमा वर्षा हुन सक्छ ।’ महाशाखाका मौसमविद् मीन कुमार अर्यालले भने ।

प्रिमनसुनको समयमा सामान्य वर्षाहुनु स्वभाविक मानिन्छ । स्थानिय वायुको प्रभाव धेरैसमय सम्म नहुने भएपनि पश्चिमी वायुको प्रभाव देखिएकाले वर्षा हुने सम्भावना देखिएको हो । अर्यालले भने ‘पश्चिमी वायुको प्रभाव बढेमा धेरै पानी पर्न सक्छ ।’

महाशाखाका अनुसार प्रिमनसुनको समयमा स्थानीय रूपमा बनेको जलवाष्पबाट बनेको एउटा बादलको पानी धेरैबेरसम्म रहन सक्दैन । यस्तो अवस्थामा घाम लाग्ने र पानी पर्ने भइरहन्छ । स्थानीय जलवाष्पले हिमाली तथा पहाडी क्षेत्रमा बेलुकाको समयमा पानी पर्ने सम्भावना धेरै हुन्छ । मौसमविद्का अनुसार दिनभरको तातोले जलवाष्प बन्छ र बेलुका बादल लागेपछि मेघगर्जनसहित बिस्तारै पानी पर्छ ।

केही दिनदेखि काठमाडौं उपत्यकामा राम्रोसँग घामसमेत लाग्न सकेको छैन । यसैकारण सर्वसाधारणले चिसोको अनुभुति गरेका छन् । जाडो मौसम सकिएर तापक्रम बढ्दो अवस्थामा रहेको छ । यद्यपि वर्षाकाकारण केही चिसो बढ्ने समेत महाशाखाले जनाएको छ । महाशाखाले आइतबार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस र अधिकतम तापक्रम २३ डिग्री सम्म पुग्ने अनुमान गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics