वायू प्रदूषणको अवस्था सार्वजनिक गर्न निर्देशन



संसदको वातावरण समितिले वायू प्रदूषणको अवस्था र समाधानका लागि भएका पहल सर्वसाधारणलाई जानकारी गराउन जनसंख्या तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकमा सांसद्हरुले प्रदुषण नियन्त्रणमा भएको सरकारी पहलप्रति असन्तुष्टी समेत जनाएका छन् । वायू प्रदूषण न्यूनिकरण गर्न अन्तर निकायसँग समन्वय गरी कार्य योजना निर्माण गरी कार्य गर्ने, प्लाष्टिकको झोला प्रयोगमा लगाइएको प्रतिवन्ध नतिजामूलक रुपमा लागू गर्न यस कार्यको लागि निरन्तर रुपमा अनुगमन गर्न समेत निर्देशन दिएको छ ।

प्लाष्टिक झेला नियन्त्रणमा भएको कार्य तथा प्रगति सार्वजनिक सञ्चारको माध्यमबाट आम नागरिकलाई पाक्षिक रुपमा जानकारी गराउने र यस बारेमा भएको प्रगति समितिलाई मासिक रुपमा उपलब्ध गराउन पनि समितिले जनसंख्या तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै वन तथा भू–संरक्षण मन्त्रालयको माग बमोजिम समितिमा विचाराधिन रहेको “वनस्पति तथा वनस्पति स्रोतको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७२” लाई व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम १३७ को उपनियम ९२० बमोजिम समितिबाट फिर्ता दिने निर्णय समितिले गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics