उर्जा संकट निवारण गर्ने योजना सहित उर्जा सम्मेलन सुरु



विद्युत उत्पादन बृद्धी गर्ने योजना सहित विहिवार राजधानिमा उर्जा सम्मेलन सुरु भएको छ । २ दिनसम्म चल्ने उर्जा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी दिनमा उर्जासंकट हुन नदिन उर्जा संकट निवारण कार्यक्रमहरु ल्याउने र जलविद्युत क्षेत्रको लागानि सुनिश्चित गर्ने बताएका छन् ।

दाहालले भने आगामी १० वर्षमा १० हजार मेगावट विद्युत उप्पादन गर्ने सरकारी लक्ष्य रहेको छ । यसका लागी सोही अनुसारको राजनीतिक र कानूनी वातावरण बनाउन सरकार लागि परेको बताए । कार्यक्रममा ऊर्जामन्त्री जनार्दशन शर्माले नेपालमा उत्पादित विजुलीको राम्रो बजार छिमेकी भारत रहेको भन्दै ढुक्क भएर लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आव्हान गरेका थिए ।

ऊर्जा मन्त्रालय र ऊर्जाउत्पादकहरुको संस्था इपानको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा भारत, बंगलादेश, चीन लगायत अन्य देशका लगानीकर्ता तथा विज्ञ सहित ५ हजार भन्दा वढीको सहभागिता रहेको छ ।

सम्मेलन मार्फत सरकारले आगामी १० वर्षमा १० हजार मेगावट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । नेपालमा ठूला जलविद्युत आयोजनामा लगानीको सम्भावना , नीतिगत चुनौती, निर्माणाधिन आयोजनामा भईरहेको प्रगती तथा विद्युत व्यापार सम्झौता पीटीएका सम्वन्धमा कुराकानी छलफल तथा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics