सामाजिक रुपान्तरणमा सामाजिक कार्य



११ औँ विश्व सामाजिक कार्य दिवस २०१७ सम्पन्न भएको छ । कार्यक्रम किर्तिपुर स्थित स्मृति भवनमा आयोजना गरिएको थियो । सामाजिक कार्य विषयको महत्वलाई उजागर गर्दै यो कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रम नेपाल समारोह मूल आयोजक राष्ट्रिय समितिका सभापति एबं उक्त कार्यक्रमका परिकल्पनाकार सरोज गिरीको सभापतित्वमा नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यमा भएको थियो।

कार्यक्रममा सामाजिक कार्य बिषयलाई संस्थागत र व्यवसायिक बनाउन बिशेष योगदान पुर्याउनुहुने, त्रिभुवन विश्वविध्यालय अन्तर्गत संचालित सामाजिक कार्य बिषय स्नातकोत्तर कार्यक्रमका संस्थापक संयोजक सह प्राध्यापक डा. मृगेन्द्र बहादुर कार्की र सामाजिक कार्य बिषयमा सन् १९८२ मा स्नातकोत्तर डिग्री हाँसिल गर्ने डा. डिल्लीराम अधिकारीलाई सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री  गगन थापाले सामाजिक रुपान्तरणमा पेशागत र ब्यबसायिक सामाजिक कार्यकर्ताको अहम भूमिका रहेको र संविधानको मूल मर्मलाई ठेस नपुग्ने गरि यो बिषयलाई संस्थागत गर्न बिशेष कार्य योजना र नीति निर्माण गर्न जरुरी  रहेको बताए ।
विश्वबिध्यालयमा अध्यापन गराइने हरेक बिषयलाई राष्ट्रले पहिचान गर्न पर्ने र सहि मुल्यांकन गर्दा प्रजातान्त्रिक मुल्य मान्यतालाई पनि संस्थागत गर्न टेवा पुग्नेछ, उनले भने ।

कार्यक्रम को मुख्य लक्ष्य सम्पूर्ण सामाजिक कार्य बिषय अध्ययन अध्यापन गराइने संस्थालाई एकजुट गरि अभावमा परेको सामाजिक कार्य बिषय र पेशागत सामाजिक कार्यकर्ताको पहिचान खोज्नु हो, सामाजिक रुपान्तरण र पेशागत सामाजिक कार्यकर्ताको भूमिकाको सहि मुल्यांकन गरियोस भन्ने तर्कको साथ यो सामरोह आयोजना भएको सभापति एबं परिकल्पनाकार सरोज गिरीले बताए ।

बिभिन्न १२ उपसमिति बनाएर आयोजना गरिएको कार्यक्रममा ७५ वटा शैक्षिक सँस्था बाट ७५०० बिध्यार्थी र ५०० पेशागत सामाजिक कार्यकर्ताको सहभागिता थियो। १०० वटा बिभिन्न सुचनामुलक स्टल रहेको कार्यक्रममा ३५ वटा विभिन्न संस्कृतिक कार्यक्रम र प्रस्तुति संग्लग्न गराईएको थियो।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics