अर्थ आवर मनाइयो

तस्वीरहरु : ज्योती श्रेष्ठ



 जलवायु परिवर्तनको असर कम गर्ने आह्वान र उद्देश्यले शनिबार काठमाडौंमा पनि अर्थ आवर मनाइएको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को आव्हानमा शनिबार बेलुकी एक घण्टा वत्ती निभाएर मनाइयो । 



संसारभर  स्थानीय समय अनुसार बेलुका साढे ८ देखि साढे ९ बजे सम्म बिजुलीबाट चल्ने उपकरण बन्दगर्ने गरिन्छ । यो भन्दा अघि राजधानीमा जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको थयो ।



हरेक वर्ष मार्चमा अर्थ आवरका रुपमा एक घण्टा बत्ति र बिजुलीबाट चल्ने उपकरण बन्द गर्ने अभियान सन् २००७ मा अष्ट्रेलियाबाट शुरु भएको हो । जलवायु परिवर्तन विरुद्ध काम गर्न जनचेतना अभिवृद्धि र पृथ्वीको लामो आयूका लागि कार्बन उत्सर्जन घटाउने उद्देश्य रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics