मुलुकको हितमा पर्वतीय क्षेत्रको विकास आवश्यक

पर्वतीय क्षेत्रको सोंच र मुद्दाः पर्वतीय क्षेत्रका वासिन्दाको जीवनस्तर परिवर्तन तथा दिगो अनुकुलन नाराका साथ अन्तर्राष्ट्रिय पर्वतीय दिवस विभिन्न कार्यक्रम साथ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय माउन्टेन दिवसको अवसरमा कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) र नेप्लिज सिभिल सोसाइटी माउन्टेन इनिसियटिभले दुइ दिन सम्मेलन अयोजना भएको हो । सम्मेलनमा पर्वतीय क्षेत्रको विकास, पर्वतीय क्षेत्रका मुद्दा, समस्या, त्यस क्षेत्रमा जलवायु परिवर्तनले पारेका र पार्न सक्ने असर तथा पर्वतीय क्षेत्रको समग्र दिगो विकासका बारेमा छलफल भएको छ ।

पर्वतीय क्षेत्रको विकास, मुद्दा, पर्वतीय क्षेत्रका जनताको जीवनस्तर परिवर्तनका साथै जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरबारे बहस गर्न विज्ञ, सरोकारवाला निकाय र नीति निर्माताहरु नगरकोटमा भेला भएका थिए ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर आयोजना गरिएको पर्वतीय सम्मेलन उद्घाटद गर्दै संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले संसारमा हिमालको महत्व कति छ भन्ने कुरा हामीले नबुझेको बताए । हामी ४० देखी ५० मिनेटमा ६ हजार मिटर उचाईमा पुग्न सक्छौं जाहा फरक विविधता पाइन्छ यस्तो अरु मुलुकमा कंम पाइन्छ ।

कर्णालीलाई राजमार्गले छोएपछि रारा, जुम्लालगायतका क्षेत्रमा आन्तरिक पर्यटक बढेको उदाहरण प्रस्तुत गरे । रारातमा एकै वर्षमा ७३ हजार पर्यटक भित्रिनु सुखद पक्ष हो, उनले भने, सडक राम्रो हुने हो र पर्यटन प्रवद्र्धनका लागि आवश्यक पर्ने भौतिक संरचना हुने हो भने एकै वर्षमा ४ देखि ५ लाख पर्यटक भित्रिने देखिन्छ ।

कर्णालीलगायत समग्र पर्वतीय क्ष्त्रको दिगो विकास र त्यस क्षेत्रका वासिन्दाको जीवनस्तर उकास्नका लागि उक्तक्षेत्रमा भौतिक संरचना निर्माणका साथै त्यस क्षेत्रमा पाइने महंगा जडिबुटीको अनुसन्धान र दिगो उपयोगमा जोड दिनुपर्ने बताए । हाम्रा हिमाल र पर्वतमा किलोको ५० लाख पर्ने यार्चागुम्बुदेखि किलोको ३० औं हजार पर्ने च्याउ छन्, तर तीनको वैज्ञानिक व्यवस्थापन हुन सकेको छैन, मन्त्री शाहीले भने, त्यससंगै हिमाली क्षेत्रका उब्जनीहरु स्याय, सिमी, आलुलगातको प्रवद्र्धन गर्न सके उनीहरुको जीवनस्तर माथि उकास्न सकिन्छ ।

सम्मेलनमा कि नोट प्रस्तुती दिंदै योजना आयोगका पूर्व उपाध्यक्ष युवराज खतिवडाले हिमाली क्षेत्रको सामाजिक आर्थिक क्षेत्रको विकासका लागि उक्त क्षेत्रमा उपलब्ध जडिबुटी, जैविक विविधता, प्राकृतिक सम्पदाको संरक्षण एवं सदुपयोग, ज्ञानको उपयोग गर्न सके पर्वतीय क्षेत्रका वासिन्दाको जीवनस्तर परिवर्तन हुन सहयोग पुग्ने बताए ।

हाम्रा हिमालयक्षेत्रमा लाखौं पर्ने जडिबुटी उपलव्ध छन् तर सरकारले तीनको लेखाजोखा गर्न सकेको छैन, खतिवडाले भने, वैज्ञानिक अध्ययन र संकलन हुने हो भने स्थानिय मात्र होइन राज्य नै धनी हुने संभावना छ । अथाहा जैविक विविधता र ज्ञानको भण्डार भए पनि त्यसलाई जनतासंग जोड्न नसकिएको तर्क गर्दै उनले उनले जनतालाई लाभ हुने किसिमका कार्यक्रम समट्न सक्ने हो भन जीवनस्तर बदल्न सहयोग मिल्ने बताए ।

किर्डाकका कार्यकारी निर्देशक मीनबहादुर शाहीले पर्वतीय सम्मेलन २ वर्ष अगाडि रारामा भएको जलवायु सम्मेलन मुगुको दोस्रो रुप भएको बताए । यो वर्ष जुम्लामा गर्न आयोजना तयारी भएको तर विविध कारणले असम्भव भएकाले पर्वतीय दिवसको अवसर पारेर सम्मेलन आयोजना गरिएको बताए । पर्वतीय क्षेत्रको समस्या पहिचान गर्दै समग्र पर्वतीय क्षेत्रको विकासबारे बहसर गरी समाधानका उपाय खोज्नु यसको उद्देश्य हो, कार्यकारी निर्देशक शाहीले भने । यसै गरी अब अगामी मार्चमा माउन्टेन सम्मेलनमा गर्न तयार रहेको जानकारी दिए । सोमवारसम्म चल्ने बहसले पर्वतीय क्षेत्रको विकासका लागि अवधारणा सार्वजनिक गर्नेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics