पर्यटकको पहिलो रोजाइ चितवन, खप्तड अन्तिम



पछिल्लो ११ वर्षमा सबैभन्दा धेरै पर्यटक चितवन राष्ट्रिय निकुञ्ज गएका छन् । राष्ट्रिय निुकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष २०६०/६१ देखी २०७१/७२ मा १३ लाख ९६ हजार ४ सय ७९ पर्यटक भित्रिएका छन् । जुन देशभरीका निकुञ्जमध्ये सबैभन्दा धेरै हो । चितवन राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । ९सय ३२ वर्ग किलोमिटरमा फैलिएको यो निकुञ्ज २०३०मा स्थापना भएको थियो ।

चितवन पछि राजधानीको नजिक रहेको शिवपूरी  नागार्जुन  राष्ट्रिय निकुञ्जमा १२ लाख ९८ हजार २ सय ३२ भ्रमण भएको छ । त्यस्तै तेस्रो सगरमाथा राष्ट्रिय निकुञ्ज पर्यटकको रोजाइमा परेको छ । सगरमाथा निकुञ्जमा ३ लाख ४७ हजार १ सय ६१ पयर्टक भित्रिएका छन् ।सबैभन्दा कम पर्यटक खप्पड राष्ट्रिय निकुञ्जमा पुगेका छन् । पछिल्लो ११वर्षमा खप्पड निकुञ्जमा १ सय ५८ जना पर्यटक भित्रिएका छन् । उच्च पहाडी क्षेत्र खप्तडमा पैदलयात्रा वा हेलिकप्टरबाट मात्र पुग्न सकिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्ज १ लाख ११ हजार २सय ३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८३ हजार ४९ , शे फोकसुण्डो राष्ट्रिय निकुञ्जमा ५० हजार २५ सय , मकालुवरुण, नागार्जुन राष्ट्रिय निकुञ्जमा ११ हजार ४ सय १७ र रारा राष्ट्रिय निकुञ्जमा १ हजार ३ सय १८ पर्यटक भित्रिएका छन् ।

नेपाल भित्रिने पर्यटकको रोजाइमा निकुञ्जहरु प्राथमिकतामा पर्ने गरेको छ । यही वर्ष फागुन २० मा राष्ट्रिय वन्यजन्तु दिवसको अवसरमा शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निुकुञ्ज घोषणा गरिएको छ । आरक्षण बाट निकुञ्ज बनाउनुको मुख्य कारण पर्यटको आकर्षको लागि भएको विभागको दावी छ । शुक्लाफाटामा पछिल्लो ११ वर्षमा ५हजार ४सय ९२ पर्यटक पुगेका छन् ।
राष्ट्रिय निकुञ्ज विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलियाका अनुसार नेपालमा आउने पयर्टक आधा भन्दा बढी निकुञ्जमा धेरै भ्रमण गर्न गरेका छन् । मोटर बाटो , टेकिङ रुट, विमानस्थल समस्याले गर्दा अझ पनि पर्यटकहरलाई दुगर्मको निकुञ्जमा पुग्न बाधक भएको छ ।थपलियाका भने ,“ हामीले दिने सेवा अनुसार पनि नेपालमा पर्यटक भित्रने गर्छन । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा मात्र छ र त्यसबाट नजिकको क्षेत्रमा बढि पर्यटक आएका छन् । ”
सगरमाथामा निकुञ्ज पुग्नका लागि भने काठमाडौंबाट हवाईमार्गको सहयोग लिनुपर्छ । त्यसपछिका अरु निकुञ्जमा पर्यटको संख्या धेरै छैन। राष्ट्रिय निकुञ्ज विभागका अनुसार शिवपुरीमा राजधानीबाट नजिक भएको अधिकास स्वेदशी पर्यटक बिदा मनाउन मात्रै त्यहां गएको देखिन्छ ।नेपाल पर्यटक बोर्डका सूचना अधिकृत दुर्गादत्त ढकाल नेपालमा पर्यटक आउने मुख्य प्राकृतिक र सांस्कृतिक कारण रहेको छ । सबैमा निकुञ्जमा सौराहामा जस्तै सास्कृतिक पक्ष जोडेर सँगै अघि बढाउनु पर्ने बताउछन । ढकालका अनुसार अब प्राकृतिक सम्पदा संरक्षण , व्यवस्थापन र उपयोग सँगै उजागरामा ध्यान दिन जरुरी छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज , लाङ्टाङ राष्ट्रिय निकुञ्ज , रारा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज २०३२ मा स्थापना भएको थियो । त्यसैगरी शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज २०४० , खप्तड राष्ट्रिय निकुञ्ज २०४२ , मकालु बरुया राष्ट्रिय निकुञ्ज २०४९ र शिवपुरी राष्ट्रिय निकुञ्ज २०५८ स्थापन भएको थियो ।

अन्तर्राष्ट्रिय संंरक्षण संघ (आइयुसिन)को वर्गिकरणमा निकुञ्ज दोस्रो क्षेणीमा राखिएको छ । विश्वमा सबैभन्दा पहिले संयुक्त राज्य अमेरिकाले सन १८७२मा आफ्नो पहिलो राष्ट्रिय निकुञ्जको एल्लोस्टोन राष्ट्रिय निकुञ्ज स्थापना गरेको थियो । राष्ट्रिय निकुञ्ज संरक्षण प्रयोजनको लागि स्थापना गरिएको एउटा सार्वजनिक उद्यान हो ।नेपालमा अर्थतन्त्रको दोस्रो ठूलो भाग पर्यटकसंग जोडिएको छ । विदेशी पर्यटकबाट वार्षिक पाँच करोड रुपैयां राजश्व भित्रिने गरेको बोर्डको तथ्यांक छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics