मौसम खुल्न अझै केही दिन लाग्ने



उपत्यकासँगै मुलुकको पश्चिमी भुभागमा आइतबार साँझ क्षणीक वर्षा हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अप्रत्यासित रुपमा बंगालको खाडीबाट बाफ मिसिएको हावा नेपालको पूर्वी भाग पसेका कारण केही दिन देखि नै मौसममा बदली आइरहेको छ । याे अवस्था केही समय रहने छ  "आइतबार साँझ वर्षा भएपनि लामो समयसम्म भने रहदैन", मौसमविद् शान्ति कँडेलले भनिन् । स्थानीय रूपमा बनेको जलवाष्पबाट बनेको एउटा बादलको पानी धेरैबेरसम्म रहन सक्दैन । यस्तो अवस्थामा घाम लाग्ने र पानी पर्ने भइरहन्छ । स्थानीय जलवाष्पले हिमाली तथा पहाडी क्षेत्रमा बेलुकाको समयमा पानी पर्ने सम्भावना धेरै हुन्छ ।

मध्य तथा पूर्वी नेपालमा न्यूनचापीय रेखा रहेका कारण अधिकांश भागमा पानी परिरहेको छ । प्रि मनसुनसमेत सुरु भइसकेका कारण मौसम बदलीकै अवस्थामा रहने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्षा (आइसोलेटेड) एक ठाउंमा पानी पर्ने नजिकै नपर्ने प्रकारको छ । प्रि मनसुन भएका कारण चट्याङ र हावा हुरीको संभावना पनि उत्तिकै रहेको महाशाखाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics