मुग्लिन–नारायणगढ सडकमा गएकाे पहिरोमा पुरिएर एकको मृत्यु



मुग्लिन–नारायणगढ सडक खण्डमा सोमबार बिहान पहिरो खस्दा सवारी साधनसँगै पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा केही गाडी पुरिएका छन् । चितवनको कविलासको घुमाउने भन्ने ठाउँमा सुख्खा पहिरो खस्दा चारवटा गाडी र ५ वटा मोटरसाइकल पुरिएको हो । एउटा बस, एउटा ट्रक, एउटा पिकअप भ्यान र कार पुरिएको बताईएको छ ।

पहिरोमापरी घाइते दुईजनाको उद्धार गरिएको छ । अरु केही मानिस पुरिएको आशंका गरिएको छ । घटनालगत्तै प्रहरी टोली दुर्घटना स्थलमा उद्दारका लागि पुगेको छ । ढिस्को खसेपछि आधा घन्टादेखि मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध छ । प्रहरीका अनुसार अहिले एस्काभेटरले पुरिएका गाडीहरुलाई निकाल्ने प्रयास गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics