गैंडालाई यौन साथी खोज्न धौ धौ



चितवन राष्ट्रिय निकुञ्जबाट  शुक्लाफाँटाका लगिएका गैंडा अहिले जोडीबिहीन छन् । फरक परिस्थितीमा हुर्किएका यी गैंडाले आफ्नो यौन साथी चितवनमै छोडेका छन् । अब नयाँ यौन साथी खोज्न यिनीहरुले अझै एक वर्ष कुर्नुपर्नेछ । नयाँ भाले पोथी पत्ता लगाएर जोडी बांध्ने काम यिनीहरुका लागि सजिलो भने हुने छैन । अहिले चितवनबाट ५ गैंडा लगेपछि  १६ वटा गैंडा शुक्लाफाँटामा छन् । जसमध्ये ४ वटा भाले , ८ वटा पोथी , ४ वटा भालेपोथी नछुट्टिएका छन् ।

गैंडा विज्ञ डा. नरेश सुवेदीका अनुसार, नयां ठाँउ र नयाँ गैंडा भएका कारण पनि जोडी खोज्न र यौन सम्पर्कका लागि वातावरण बनाउन अझै एक वर्ष लाग्छ ।पोथीलाई भाले र भालेलाई पोथी खोज्न तथा उनीहरुबीचको सञ्चार बाक्लिनमै बढी समय लाग्छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार स्थानान्तरण गरिएका गैंडा सबै नै बयस्क छन् । स्थानान्तरण गरिएका गैंडा प्राय १२ र १५ वर्षका हुन् ।

उनीहरु एक महिनाभित्र बासस्थान भने निर्धारण गरिसक्नेछन् । आहालहरु भएको र घासे मैदानमा चर्न यिनीहरु रुचाउंछन् । एक वर्षपछि भने त्यहांको रैथाने जस्तै भइसक्छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट ट्रक राखेर ५ वटा गैंडा शुक्लाफाँटा पुर्याइएको छ । एक सातामा ५ वटा गैंडा चितवन बाट शुक्लाफाँटामा स्थानान्तरण गरिएको हो । पहिलो पटक चैत २१ मा १ वटा भाले , दोस्रो पटक चैत २२मा १ वटा पोथी , ते्रस्रो पटक चैत २५ मा पोथी र चौथो पटक चैत २७ मा १ वटा पोथी गरेर स्थानान्तरण भएको थियो । यी गैंडा पानीको सहारामा १६ घण्टाको कष्टपूर्ण यात्रापछि शुक्लाफाँटा पुगेका हुन् ।

गैंडा स्थानान्तरणका लागि बनेका कार्यदल र सरोकारवाला प्रतिनिधीको निश्कर्षका आधारमा चितवनको सुखिभार क्षेत्रबाट गैंडा पठाउने निर्णय भएको थियो । घासे मैदान र पानी प्रसस्त भएकाले सुखिभार क्षेत्रमा तुलनात्मक रुपमा धेरै गैंडा भेटिन्छन् । शुक्लाफाँटाका लगिएका गैंडा २४ घण्टापछि नै सामान्य रुपमा भने फर्किसकेका छन् । गैंडा समात्न प्राविधिक तथा विशेषज्ञ सम्मिलित ३० जनाको टोली खटिएका थिए  ।

एसियामा नै भारतको काजिरंगा नेशनल पार्कपछि चितवन निकुञ्जमा सबैभन्दा बढी एंकसिंगे गैंडा छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics