थपियोे ७.६ मेगावाट विजुली


जोगमाईखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । सान्भी इनर्जीले निर्माण गरेको आयोजना निर्माण सम्पन भएसँगै राष्ट्रिय प्रणालीमा ७.६ मेगावाट बिजुली थप भएको छ ।

जोगमाईखोला साना जलविद्युत आयोजना सम्पन्न भई परीक्षण उत्पादन सुरु भएको कम्पनीले जानकारी दिएको छ । १५ दिनको परीक्षण उत्पादन सकिएपछि व्यावसायिक उत्पादन सुरु हुन्छ । आयोजना निर्माण सुरु भएको २७ महिनामा आयोजनाको काम सम्पन्न भएको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली इलामको गोदकमा रहेको सवस्टेशनमा जोडिन्छ।

आयोजनाको कुल लागत १ अर्ब ५० करोड रुपयाँ रहेको छ । यो जलविद्युत आयोजना लक्ष्मी बैंकको नेतृत्वमा प्रभु बैंक, कैलाश विकास बैंक र भिवोर सोसाइटियल डेभलपमेन्ट बैंकले ऋण लगानी गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics