वातावरणमन्त्रीलाई युवाको १४ सुझाव



जलवायु परिवर्तन सम्बन्धि गोष्ठी र छलफलमा युवाहरुलाई संलग्न गराउनुपर्ने माग राख्दै युवाहरुले वातावरणमन्त्री जयदेव जोशी समक्ष घोषणापत्र बुझाएका छन् । जलवायु परिवर्तनका लागि नेपाली युवाहरुको संजाल (एनवाईसिए) र स्वच्छ उर्जा नेपाल (सिइएन्) ले जलवायु परिवर्तन सम्बन्धि गोष्ठी र छलफलमा युवाहरुलाई संलग्न गराउनुपर्ने माग राख्दै मन्त्रीसमक्ष १४ बुँदे घोषणापत्र बुझाएका हुन् ।

जलवायु परिवर्तन नीति २०११ तथा राष्ट्रिय अनुकुलन कार्ययोजनाका अनुसार जलवायु परिवर्तनको कुल बजेटको ८० प्रतिशत रकम स्थनिय क्षेत्रमा वितरण हुनुपर्ने व्यवस्था रहेको भएपनि कार्यान्वयनमा नदेखिएकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याउन पनि युवाहरुले दबाब दिएका छन् । साथै उनीहरुले नेपालको संविधान २०७२ को धारा ३० मा उल्लेख भएको प्रत्येक नागरिकले सफा र स्वच्छ वातावरणमा बस्न पाउने अधिकार सुनिश्चित गरिएको भएपनि नेपाली नागरिक प्रदषणको चपेटामा परिरहेका छन् । त्यसकारण यो नियम तत्काल लागु गराउनुपर्ने मागसमेत राखेका छन् ।



नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics