गैंडा मारिएकोमा सौराहमा शोक र्‍याली

फोटो : कान्तिपुर


चितवनको बेलहट्टा हरियाली मध्यवर्ति सामुदायिक वनमा गत चैत २५ गते गैंडा मारिएको विरोधमा सौराहामा आईतवार शोक र्‍याली निकालिएको छ । कान्तिपुरमा विमल गौतम लेख्छन्, २२ औं वन्यजन्तु सप्ताह चली रहेको समयमा आईतवार तेश्रो दिन विभिन्न ४५ वटा संघ संस्थाको अगुवाईमा र्‍याली निकालिएको हो ।

फोटो : कान्तिपुर


र्‍यालीमा विद्यार्थी, संरक्षणकर्मी, सञ्चारकर्मी, होटल ब्यवसायी, सुरक्षाकर्मीको सहभागिता रहेको थियो । र्‍यालीमा सहभागिले तस्करलाई किरा परोस, खाग कुनै औषधि होइन, चोरी शिकार निर्मुल पारौं, एक सिंगे गैंडाको संरक्षण गरौं जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सौराहाको आगन्तुक चोकबाट सुरु र्‍याली हात्ती चोक हुदैं गैंडाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

फोटो : कान्तिपुर


कार्यक्रममा बोल्दै संरक्षणकर्मीले गैंडा मार्नेलाई चांडो भन्दा चांडो पक्राउ गरी कारबाही गरेर संरक्षणमा सहयोग गर्न आग्रह गरे । समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण उप समितिकी अध्यक्ष डोमा पौडेलले बैशाख ७ गते सम्म बन्यजन्तु सप्ताह चल्ने बताईन ।

फोटो : कान्तिपुर


उनले गैंडालाई धारिलो हतियार प्रयोग गरी मारेर तस्करले खाग लगेकाले संलग्न दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने माग गरिन । चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैंडा छन् । तेश्रो शुन्य चोरी सिकार वर्ष मनाउन २६ दिन बाँकी छँदा तस्करले गैंडा मारेसंगै सुरक्षा चुनौति बढेको छ ।

फोटो : कान्तिपुर

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics