गार्जियनको उत्कृष्ट गन्तव्यस्थलमा पहिलो नेपाल

तस्वीर सौजन्य : नेपाल पर्यटन बोर्ड


बेलायतबाट प्रकाशित हुने पत्रिका "द गार्जियन" ले तयार पारेको २०१७ मा घुम्नैपर्ने संसारका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ।

पत्रिकाले विदाको समयमा घुम्नका लागी उपयुक्त ठाउँको सुचिमा पहिलो नेपाललाई राखेको छ भने त्यसपछि क्रमश साउथ अफ्रिका, अल्बानिया, बुल्गरिया, कोलोम्बिया, इरान, नामिबिया, मलेसिया, केन्या र सेर्विया रहेका छन् ।

नेपाल पर्यटकीय दृष्टिकोणमा उत्कृष्ट मानिन्छ । यसअघि लन्ली प्लानेट म्यागजीनले २०१७ का लागि छानेका १० वटा उत्कृष्ट गन्तब्य मुलुकहरुमा नेपाल चौथो स्थानमा परेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics