यसकारण बिग्रीयो मौसम

पश्चिम र पूर्व दुबैतर्फबाट विकास भएको प्रणालीका कारण बिग्रीएको मौसम अझै केही सुधारको संभावना छैन । जलवायु तथा मौसम विज्ञान विभागका अनुसार, मध्य र पूर्वी नेपालमा विकास भएको स्थानीय प्रणाली र पश्चिमी वायुको प्रभाव पूर्वतर्फ सर्दै गरेका कारण पानी पर्ने असिनाको संभावना बढिरहेको मौसमविद्हरुले औंल्याएका छन् ।
बुधबार बिहानैदेखि मध्य र पूर्व स्थानीय रुपमा वर्षा गराउने प्रणाली विकास भइरहेको छ । बंगलाको खाडीबाटसमेत पानी पार्ने प्रणाली नेपालतर्फ आइसकेको हुनाले मौसममा समस्या देखिएको मौसमविद् मीनकुमार अर्यालले बताए । पूर्वी र मध्य भागमा न्यूनचापीय क्षेत्र (जलवाष्पयुक्त हावा नजिक तान्ने प्रणाली) को समेत वायु मण्डलको तल्लो भागमा विकास भइरहेको छ ।
बंगालको खाडीबाट आउने दक्षिण पूर्वी हावा वायु मण्डलमा तल्लो सतहमा छ । पश्चिमबाट पनि प्रणाली पूर्वतर्फ सर्दैछ । दुई प्रणाली मिसियो भने थप वर्षा हुने र असिना पर्ने संभावना रहेको मौसमविद्हरुले जनाएका छन् ।
जमिन तात्तिएको र माथिल्लो भाग चिसो भएका कारण काठमाडौंलगायत देशका विभिन्न भागको आकास धुम्म हुने र असिना पर्ने सभावना बढी छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics