हर्न बजाउने १३ सयलाई कारवाही



राजधानीमा ध्वनी प्रदुषण नियन्त्रण गर्ने अभियान चलाएको पहिलो सातामै १३ सय जना कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार, हर्न बजाएका कारण कारवाही भोग्नेमा सबैभन्दा धेरै मोटसाइकल चालक छन् । पहिलापटक उनीहरुलाई पाँचसय रुपैया जरिवाना गराइएको छ । सरकारले वैशाख १ गतेदेखि राजधानीमा जथाभावी हर्न बजाउन नपाइने निर्णय गरेको थियो ।

महाशाखाका प्रवक्ता लोकेन्द्र बहादुर मल्लका अनुसार, हर्न बजाएर जथाभावी जिस्क्याउने ,ओभरटेक गर्न हर्न बजाउने क्रियाकलाप बढी सडकमा देखिन्छन् ।जथाभावी हर्न बजाए सवारीसाधन नियन्त्रणमा लिने र पाँच हजार जरिवाना तिर्नुपर्ने व्यवस्था छ । आकस्मिक अवस्थामामात्र हर्न बजाउने पाइने नियम कार्यान्वयन गराउन ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभागलगायतका सरोकारवाला निकाय सक्रियताकासाथ लागिरहेका छन् । एम्बुलेन्स ,सुरक्षाकर्मी ,शव बाहन , दमकल लगायतका आकस्मिक प्रयोजनमा गुड्ने सवारीसाधनका हकमा भने यो नियम लागू हुदैन ।
ध्वनी प्रदुषणका कारण मानिसहरुमा मानसिक समस्या बढिरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । श्रवण शक्ति कम हुने तथा मानसिक रुपमा मानिस अस्थिर रहने समस्या बढी देखिएका छन् । एउटा अध्ययन अनुसार, २० प्रतिशत मानिस ध्वनी प्रदुषणकै कारण बहीरोपनाको शिकार भएका छन् । ध्वनी प्रदुषणका कारण हृदयघातको समस्यासमेत बढिहरेको चिकित्सकहरुले जनाएका छन् ।

वीर अस्पतालका नाक, कान घाँटी विशेषज्ञ डा. ढुण्डीराज पाैडेलले भने ,“ बहिरोपन बाट जोगाउने ,समाजिक समस्या घटाउन पनि हर्न नियन्त्रण आवश्यक छ। ” हर्नको आवाजले मुटुका समस्यासमेत बढिरहेको जानकारी उनले दिए । पौडेलले भने, “हर्न बजाउन निषेधित गेरेपछि यसबाट फाइदा नै फाइदा छन् ।”
मनोविज्ञ डा. शिशिर सुब्बाको अनुसार नचाहिने हर्न बजाइएको कारणले गर्दा मानिसलाई बढी रिस उठने ,स्वस्थ्य तरिकाले सोच्न नसक्ने ,काममा ध्यान नजाने जस्ता सम्स्या उत्पन्न हुने गर्छ ।

मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबल हुन्छ र ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य हुन्छ । ७० डेसिबल भन्दा बढी ध्वनीले मानव स्वस्थ्यको लागि हानिकारक हुन्छ । सामान्य सवारी साधनको हर्नले १०० डेसिबल भन्दा बढीका आवाज निकाल्छन् । प्रेसर हर्नले सबैभन्दा धेरै मानिसलाई समस्या उत्पन्न गराइरहेको अध्ययनहरुको निश्कर्ष छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics