रातु र गगन खोलामा पानी नाप्ने नयाँ प्रविधि

फाेटाे : जितेन्द्र बज्राचार्य /इसिमाेड


चुरेबाट बग्ने रातु र गगन खोलामा पानिको सतह कति छ भनेर अब सबैले घरमै बसेर जानकारी पाउने भएका छन् । जलतथा मौसम विज्ञान विभागसँग मिलेर अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले रातु र गगन खोलामा बाढी सम्बन्धि पूर्व सूचना दिने टेलिमेट्री जडान गर्ने भएको छ । टेलिमेट्री प्रणालीबाट प्राप्त पानीको सतह र मात्राको सूचना प्रवाह गर्न अलग्गै वेभसाइट बन्दै छ ।

रातु र गगन अलगअलग खोला हुन । यि खोला नेपालका वस्ति हुदै भारत पुग्छन् । बर्खायाममा पानीको मात्रा बढ्ने भएकाले यि दुबैले स्थानिय बासिन्दालाई त्रसित बनाउने गरेको छ । त्यही समस्या बुझेर तिनै समुदायलाई लक्षित गरी बाढीको पूर्व सूचना उपलब्ध गराउने गरी टेलिमेट्री जडान गर्न लागिएको हो ।सन २०१४ मा बाढीको पूर्व जानकारी दिने म्यानुअल प्रविधि रातु र गगन खोलामा राखिएको थियो । यो प्रविधिले सिमित स्थानिय बासिन्दालाई मात्र जानकारी दिन्थ्यो । रातु र गगन खोलामा पूरानो मेसिनसँगै थप एकएक वटा रातु र र गगन खोलामा राखिदै छ । इसिमोडकी जलधारविज्ञ निरा प्रधानका अनुसार रातु र गगन खोलामा उक्त प्रविधि जडान गर्नुअघि एक महिना देखि काठमाडौंको खोकना खोलामा नमुना परिक्षण भइरहेको छ । उनले भनिन् ‘अहिलेसम्मको परीक्षणले राम्रो रिपोर्ट देखाएको छ, प्रि मनसुन भित्रै त्यहाँ जडान गर्ने छौं ।’

जलतथा मौसम विज्ञान अन्तर्गतको समुदायामा आधारित बाढी तथा हिमताल विष्फोटन जोखिम न्यूनिकरण आयोजनाका कार्यक्रम व्यवस्थापक टोप बहादुर खत्रीेले भने, ‘अब राखिने बाढी पूर्व जानकारी टेलिमेट्रीमा आधार बनाएर राखिने छ । यसले समुदायमा सकरात्मक भूमिका खेल्ने छ ।’ खत्रीले सुचना र प्रविधीलाई बढुवा गरि राखिएको यो प्रविधिबाट जनताले अग्रिम सुचना पाउने भएकाले यसले प्रभावकारी भूमिका खेल्ने बताए ।टेलिमेट्री नेपालमा पहिलो पटक जडान गर्न लागिएको प्रविधि हो । नेपालपछि अर्काे वर्ष पाकिस्तानमा पनि यो प्रविधि राख्ने इसिमोडको तयारी छ । टेलिमेट्री प्रविधि अत्याधुनिक छ ।टेलिमेट्री समुदायमा १,२ र ३ गरी तीन तहबाट एसएमएस प्रवाह हुन्छ । खोलामा पानी बढेको छ, पानी एक्दमै धेरै बढेको छ र पानीले कुनै पनि अवस्थामा ज्यान लिन सक्छ अर्थात खतरा छ भनेर यसले सूचना दिने छ ।

समुदायले विश्वास गर्ने व्यक्ति जस्तैः मुखिया, जिम्मावाल र समुदायिक सञ्जालको अध्यक्ष र सरकारी निकायबाट टेलिमेट्रीले सूचना दिने काम गर्छ । समुदायका मुखियाले सूचना पाएपछि उनीहरुले समुदायका अरु मान्छेलाई एसएमएस मार्फत जानकारी दिने गर्छन् । यसो हुँदा संभावित दुर्घटनाबाट जोगिन सकिन्छ । टेलिमेट्री नेपालमा नै आविश्कार गरिएको मेसिन हो । यो मेसिन बनाउन करिब ४ लाख रुपैयाँको लगानी रहेको छ । यस मेसिनले समुदायमा आधारित बाढी प्रारम्भिक चेतावनी र योजना व्यवस्थित एकीकृत प्रणाली हो । यसले समुदायका लागि, बाढीजन्य जोखिम कम गर्न वास्तविक समयमा चेतावनी दिन्छ ।

रातु र गगन खोलाका आसपासमा बाढीले वर्षेनी बढी प्रभावित पार्ने गरेको छ । यो क्षेत्रमा बसोबास गर्ने स्थानियलाई सावधानी अपनाउन यो प्रविधिले सहयोग पुर्याउने विज्ञ अपेक्षा छ । सरकारी एक दशकको तथ्याक हेर्ने हो भने रातु खोलाले मात्र एक दर्जन मानिसको ज्यान लिइसकेको छ । ३५० भन्दा बढि घरलाई क्षति पुर्याएकाे  छ भने धेरै वन र खेतीयोग्य जमिनमा असर गरेको छ । पुरुष घर बाहिर काम गर्न जाने हँदा महिला, बालबालिका र बृद्धा धेरै पीडित हुने गरेका छन् । बाढी आएपछि जोखिम पनि यिनै समुहले झेल्ने गरेका छन् ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics