रुखमाथिको आवास

बाराको हलखोरियामा मचान निर्माणमा संग्लन भएका ३० वर्षिय शम्भु नेपाल एक महिना देखी मचान निर्माण कार्यमा व्यस्त छन् । उनी मचान निर्माणका लागी एक महिना अघिदेखि हलखोरियामा बस्दै आएका छन् ।

शम्भुले मचान निर्माणका लागी आएको पहिलो दिनको अनुभव यसरी सुनाए ‘बनमा बस्न पहिलो दिन निकै डर लागेको थियो । जताततै बन्यजन्तुको आवाजले रातभरी सुत्नै सकिएन । कतिबेला उज्यालो होला भन्दै बस्नुपर्यो ।’

यसरी पहिलो रात निकै कष्टले बिताएपछि सबैले विकल्पको रुपमा रुखमाथि नै खटिया निर्माण गर्र्ने निधो गरे र निर्माण पनि गरे । अहिले उनि जोखिमपुर्ण ढंगबाट रुखमा चढि खटियामा सुत्ने गरेका छन् । उनी भन्छन् ‘भुईँमा सुत्दा जंगली जनावर सँगै विभिन्न कीरा फट्याङ्ग्रा समेतको डर हुने गर्छ ।’ तिमात्र नभएर नयाँ मान्छे आउदा पनि डर हुने भएकाले रुखको खटियामा बस्ने गरेको उनी बताउछन् ।

बन्यजन्तु आरक्ष क्षेत्र भित्र मचान निर्माणको कार्य गरिरहँदा कसैसँग सम्पर्क गर्नुपरेमा पनि रुखमा चढ्नुपर्ने बाध्यता छ । तल भुइमा नेटवर्क नआउने हुनाले सम्पर्कका लागी पनि रुखमा चढ्नुपर्छ । त्यसैले पनि उनिहरुलाई रुखमाथिको खटिया प्रभावकारी बन्न पुगेको छ । उनिहरुले तल भुँईमा बनाएको खाना समेत डोरीको सहायताले रुखमाथिको खटियामा नै लगेर खाने गरेका छन् ।

शम्भु बोटविरुवा, वन्यजन्तुलाई माया गर्ने र यसलाई मास्नु हुदैन भन्ने सोच राख्छन् । उनले एक महिनामा बाघ, गैँडा, हात्ती लगायत अन्य जीवजन्तुलाई नियाल्ने मौका पाइरहेका छन् । जंगली जनावरबाट जति डर छ त्यति नै मज्जा जंगलमा काम गर्दा पनि भईरहेको उनि बताउछँन् । शम्भुले अन्य ठाउँमा पनि मचान निर्माण गरिसकेका छन् । मचान बनाउने काम प्रायः उस्तै किसिमको हुन्छ ।

कामिनदह, रामबोरीभाट जस्ता ठाउँमा पनि उनले मचान बनाइसकेको उनको अनुभव छ । उनि भन्छन् ‘सुरुमा मचान निर्माण गर्दा अलि डर लाग्थ्यो तर अहिले यहि काम गर्न थालको धेरै भइसक्यो, बानी परिसक्यो, अहिले डर लाग्दैन ।’

शम्भुका बुबापनि काठकै काम गर्ने हुनाले सानैबेला देखि उनी काठको काममा सिपालु थिए । पछि उनले आफुलाई पनि काठकै काममा पोख्त बनाए । उनले मचान निर्माण गर्दा दिनमा ५ सय रुपैँया प्राप्त गर्ने गरेका छन् ।

पर्सा वन्यजन्तु आरक्ष क्षेत्रसँग दुईवर्षअघि मात्र हलखोरिया वन क्षेत्र सहित गाभिएको हो । आरक्षको विस्तारसंगै यस ठाउँमा दुर्लभ एकसिंगे गैंडा, बाघ, हात्तीलगायतका वन्यजन्तुको आउजाउ बढेको छ ।

पर्यटकको आकर्षक केन्द्र मचान

वन्यजन्तुको अवलोकन गर्नका लागी आन्तरीक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र बनेको छ मचान । आकर्षक शैलीमा निर्माण भएको र बास बस्न समेत मिल्नेगरी बनाइएको मचानबाट पर्यटकहरु ठाउँ र बन्यजन्तुको सजिलै अवलोकन गर्न सक्छन् ।

मचानबाट जंगलभित्रका गैंडा, मृग, बाघ, चरा हेर्न पाइन्छ । घना जंगलभित्र बनाइएका मचानमा बस्दा चराचुरुंगीको आवाजले मन आनन्दित हुन्छ । मचान विशेषतः काठबाट निर्माण हुने गर्दछ । मचानको बसाई नौलो हुने भएकाले पर्यटकका लागी आकर्षक बसाइ हुने गरेको छ । नयाँ ठाउँमा बसेर प्रकृतिको आनन्दमा हराउनका लागी मचान राम्रो केन्द्र बनेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics