सुनसरीमा बन्यो आधुनिक कृषि टहरा


पुर्वी नेपालको सुनसरी जिल्ला रामधुनि नगरपालिका–८ साबिक डुम्राहा मा आधुनिक कृषि टहरा निर्माण भएको छ ।

यहाँका किसानलाई अव्यवस्थित बजारका कारण खेतबारीमा उत्पादन भएको तरकारी बिक्री गर्न समस्या पर्दै आएको थियो । आधुनिक कृषि टहरा निर्माण भएपछि यहाँका किसानले सहजै विक्रिवितरण गर्न थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीको १० लाख र साविक डुम्राहा गाविसको डेढ लाख लगानीमा आधुनिक कृषि टहरा निर्माण भएको हो । टहरा निर्माण गरिएपछि किसानलाई राहत भएको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख रामाकान्त झाले बताए ।

सुनसरीको डुम्राहामा आधुनिक कृषि टहरा निर्माण भएपछि यस क्षेत्रको कृषि उत्पादनमात्र नभई आसपासका अन्य गाउँपालिका र नगरपालिकाका कृषक समेत लाभान्वित भएका छन् ।

स्थानीय कृषक रामचन्द्र चौधरीले भने कृषि टहराको निर्माण भएपछि बजारीकरणको समस्या भएको छैन । कृषकले भने अब उत्पादित सामग्री विक्रि नहोला भन्ने चिन्ता छैन ।

सुनसरी का करिब ८० प्रतिसत जनसङ्ख्या कृषिमा निर्भर छन् । तर उनीहरुलाई आफ्ना खेतबारीमा उत्पादित कृषि उपज बजारसम्म पुर्याउन र बिक्री गर्न बजारकै समस्या छ । त्यसैले अन्य स्थानका बजारमा पनि यस्ता प्रकारका भौतिक संरचना निर्माण गर्न सके किसानलाई राहत हुन सक्छ।

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics