विश्वको सबैभन्दा बुढो चरा आमा बन्दै

विश्वको सबैभन्दा बुढो चरा ६६ बर्षको उमेरमा फेरी आमा बन्दैछ ।

अमेरिकाको हवाई टापु समूहस्थित मिडवेअटल नेसनल वाइल्डलाइफ रिफ्युजमा यो पोथी चरा ओेथारो बसिसकेको छ । यो चरा विश्वको सबैभन्दा बुढो चरा हो ।

हवाइस्थित प्रवासी पंक्षी केन्द्रका अधिकारीका अनुसार लेसन अल्बाटस प्रजातिको यो सामुद्रिक चरालाई विजडम बर्ड अर्थात् बुद्धिमान चरा नाम दिइएको छ । चराले आफ्नो अण्डा उनीहरुले वर्षभरी प्रयोग गरिरहने प्वालमा पारेको छ ।

मिडवे अटल यो प्रजातिका चराहरुको विश्वको सबैभन्दा ठूलो बासस्थान हो । यो केन्द्रको सबैभन्दा पूरानो बासिन्दा चरा विजडम हो र यो विश्वकै सबैभन्दा बुढो चरा पनि हो । सन् २००६ यता यसले नौ बच्चा जन्माइसकेको छ । एक आँकडा अनुसार यो पंक्षीले आफ्नो जीवनकालमा अहिलेसम्म ३० लाख माइल यात्रा गरिसकेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics