कोशीटप्पु आरक्ष विस्तार हुँदै



सरकारले कोशीटप्पु वन्यजन्तु आरक्ष को क्षेत्र गर्ने तयारी गरेको छ । सोमबार राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मन बहादुर खड्काको अध्यक्षता मा बसेको विभागको बैठकले आरक्ष बिस्तारको प्रारम्भिक वातावरण परीक्षणको प्रतिवेदन अनुमोदन गरेको हो ।

आरक्षमा अर्ना लगायत अन्य वन्यजन्तुको सङ्ख्या बढ्दै गएको र उनीहरूको लागि बासस्थान कम भएको ले आरक्ष विस्तार गर्न लागिएको विभागका उपमहानिर्देशक तथा प्रारम्भिक वातावरण परीक्षण टोलीका प्रमुख शेर सिंह ठगून्ना ले बताए ।

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र २०३२ सालमा स्थापना भएको हो । कुल आरक्ष १७५ वर्ग किलोमिटरमा फैलिएको छ भने मध्यवर्ति क्षेत्र १७३ वर्ग किलोमिटर रहेको छ । अब यो क्षेत्रलाई बढाएर आरक्ष ३१९ वर्ग किलोमिटर र मध्यवर्ती क्षेत्र २५६.६ किलोमिटर बनाउन लागिएको हो । त्यसका लागि सरकारले ४७७ बिघा नम्बरी जग्गा अधिग्रहण गर्नु पर्ने विभाग ले जनाएको छ ।

जैविक विविधताका लागि महत्त्वपूर्ण रहेको यो क्षेत्रमा संरक्षण क्षेत्र विस्तार गर्दा संरक्षणमा सहयोग पुग्ने ठगुन्ना बताउँछन् । राम्रो र ठुलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा साईवेरिया देखि घुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन् , त्यति मात्र नभई यो आरक्ष गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ । यस आरक्षमा हात्ती, हरिण, रतुवा,बँदेल, बाँदर,अजिंगर साथै ५ सय भन्दा बढी प्रजातिका चरा रहेका छन् ।

 

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics