बाह्रसिंगाको सुरक्षित स्थानान्तरणको उपाय खोज्दै विज्ञहरु



शुक्लाफाँटाबाट चितवनमा स्थानान्तरण गरिएको दुईवटा पोथी बाह्रसिंगाको मृत्यु भएपछि लामो यात्रा जोखिम र घातक प्रमाणित भएको छ । बाह्रसिंगाको सुरक्षित स्थानान्तरण गर्न संरक्षणकर्मी घोत्लिएका छन् । शुक्लाफाँटा निकुञ्जबाट चितवन निकुञ्जसम्म ल्याउदाको २० घण्टा बाह्रसिंगाका लागि अनुपयुक्त भएपछि सुरक्षित स्थानान्तरणको खोजीमा उनीहरू घोत्लिएका हुन् ।

एउटा बाह्रसिंगाको ल्याउनेक्रममा बाटोमा नै ज्यान गएको थियो भने अर्का चितवन पुगेको २ दिन पछि मृत्यु भएको थियो । सूचना अधिकारी नुरेन्द्र अर्याले भने ," एउटा बाह्रसिंगा चितवन निकुञ्जमा आइसकेपछि हिडडुल गर्न नसकेको र उपचार क्रममा नै मुत्यु भएको हो । ” स्लायन पानी चढाउन र उपचारमा धेरै जोड दिँदा पनि बचाउन नसकेको गुनासो अर्यालले पोखे । मृत्यु भएको दुईवटा बाह्रसिंगा ५ देखी ७ वर्षको उमेरका रहेका थिए । चितवन राष्ट्रिय निकुञ्जमाम स्थानान्तरण गरिएका अहिले दुईवटा भाले र तिनवटा पोथी चितवन निकुञ्जमा रहेका छन् । चितवन निकुञ्जमा यो पहिलो पटक बाह्रसिंगा लगिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका विशेषज्ञ नरेश सुवेदीले स्थानान्तरणक्रममा कसरी जोखिम कम हुन्छ भनेर छलफल गर्न थालिएको प्रतिक्रिया दिए । किन मरे ? संरक्षणकर्मी पनि ठ्याक्कै जवाफ दिन सक्दैनन् । गर्मी सहन नसकेर हो कि ? विज्ञ सुवेदीले भने, या लामो यात्रा समस्या भएको हो ? अब हामीलाई पनि पाठ भएको छ । लामो समय लगाएर आतिएको हुनसक्ने पनि सुवेदीको अनुमान छ । कसरी कम समय लगाएर स्थानान्तरण गर्न सकिन्छ भन्ने सिकाइरहेको संरक्षणकर्मी विज्ञ नरेश सुवेदीले बताए ।

वन्यजन्तु व्यवस्थापनमा कहिले काहि समस्या पर्न सक्ने विज्ञहरु बताउछन् । सय प्रतिशतसफल कहीँ पनि हुँदैन, सुवेदी भन्छन् । यस्तो व्यवस्थापन १५ प्रतिशत यस्ता घटना हुन सक्ने सम्भावना रहन्छ ।

अघिल्लो वर्ष बर्दियामा पनि बाह्रसिंगा स्थानान्तरण गरिएको थियो । बर्दियामा छोटो अवधि लगभग ५ घन्टामा छोडिएको हुँदा कुनै घटना भएके थिएन । बाह्रसिंगाको स्थानान्तरण बर्दियामा सफल रहेको थियो ।

वैशाख १३ गतेदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सुदुरपश्मिको शुक्लाफाँटा निकुञ्जमा बाह्रसिंगा चितवन निकुञ्जमा ल्याउन सुरु गरेको हो । शुक्लाफाँटाबाट २५वटा बाह्रसिंगा चितवन निकुञ्जमा ल्याउने निर्णय भएको थियो तर अहिले बाह्रसिंगाको मृत्युपश्चात भने रोकिएको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics