आज दिनभर पानी पर्ने



सोमबार बिहानदेखि सुरु भएको मुसलधारे वर्षा दिनभरी नै रहने मौसमविद्हरुले जनाएका छन् । प्रि मनसुनमा स्थानीय प्रणालीको विकास भएका कारण वर्षा भइरहेको जानकारी मौसमविद् वरुण पौडेलले दिए ।
मौसम विभागका अनुसार मध्य र पूर्वमा सोमबार दिनभरी मौसममा समस्या देखिनेछ । मध्यमा भने दिउसो एकछिन खुलेर पुन सांझमा पानी पर्ने पौडेलले बताए । पूर्वी नेपालमा भने भोलीसम्मै पानी पर्ने तथा धुम्म रहनेछ । स्थानीय रुपमा विकास भएको सानो मौसम प्रणालीका अनुसार वर्षा भइरहेको जलवायु तथा मौसम विभागले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics