बर्दियामा बाघ हेर्ने पर्यटकको संख्या बढ्दै



गर्मी बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या धेरै देखिन थालेका छन् । दिनहुँ बाघ देख्न थालेपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि आएको छ ।

गर्मी बढेसँगै पानीमा पौडिन बाघ धेरै आउन थालेपछि बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा बृद्धि आएको निकुञ्ज प्रशाशनले जानकारी दिएका छ । विगत केही समयदेखि निकुञ्जमा पाटेबाघसँगै गैँडा, जङ्गली हात्तीलगायतका वन्यजन्तु दिनहुँ देख्न थालिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको बासस्थान राम्रो रहेको छ । गर्मी बढ्न थालेपछि पानीमा बाघ पौडीन आउनाले निकुञ्जभित्रै रहेको कर्णाली नदीको भँगालो किनारमा रहेको तिनकुनेमा दिनहुँ पाटेबाघ देख्न पाइएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।

५० वटा वयस्क, ६ वटा अर्ध वयस्क पाटेबाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा ३७ वटा गैँडा, १०० भन्दा बढी जङ्गली हात्ती, ३० हजार भन्दा बढी चित्तललगायतका वन्यजन्तु रहेका छन् । तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र मानिने बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics