बाह्रसिंगाको स्थानान्तरण अर्को वर्ष



सरकारले यो वर्ष बाह्रसिंगगाको स्थानान्तरण रोक्दै अर्को वर्षको लागि सारेको छ । स्थानान्तरणको क्रममा दुईवटा बाह्रसिंगा मरेको र अन्य प्राविधिक समस्या उत्पन्न भएपछि यो वर्ष स्थानान्तरणको काम रोकिएको हो । वैशाख १३ गतेदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सुदुरपश्चिमको शुक्लाफाँटा निकुञ्जका बाह्रसिंगा चितवन निकुञ्जमा ल्याउन सुरु गरिएको थियो । वैशाख १९ र २२ गते दुईवटा पोथी बाह्रसिंगाको मृत्यु भएको थियो । शुक्लाफाँटाबाट २५ वटा बाह्रसिंगा चितवन निकुञ्जमा ल्याउने निर्णय भएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका विशेषज्ञ नरेश सुवेदीले भने, ‘यो वर्ष वर्षायाम नजिक भएकोले अब अर्को वर्ष मात्र सुरक्षित तरिका अपनाएर बाह्रसिंगाको स्थानान्तरण गरिनेछ ।’

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले भने, ‘एउटा बाह्रसिंगा चितवन निकुञ्जमा आइसकेपछि हिडडुल गर्न नसकेको र उपचार क्रममा नै मुत्यु भएको हो ।’ स्लायन पानी चढाउन र उपचारमा धेरै जोड दिदा पनि बचाउन नसकेको उनले बताए ।

मृत्यु भएको दुईवटा बाह्रसिंगा ५ देखी ७ वर्षको उमेरका रहेका थिए । चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका अहिले दुईवटा भाले र तिनवटा पोथी चितवन निकुञ्जमा रहेका छन् । चितवन निकुञ्जमा यो पहिलो पटक बाह्रसिंगा लगिएको हो ।

अघिल्लो वर्ष बर्दियामा पनि बाह्रसिंगा स्थानान्तरण गरिएको थियो । बर्दियामा छोटो अवधि लगभग ५ घन्टामा छोडिएको हुँदा कुनै घटना भएको थिएन । बाह्रसिंगाको स्थानान्तरण बर्दियामा सफल रहेको थियो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics