जैविक विवधता दिवसको दिनमा वन्यजन्तुका अंग जलाइदै

चितवनको टिकैंलीस्थित वनको तालिम केन्द्र र चितवन निकुञ्जको मुख्यालय कसरामा वर्षाैँ देखि थुपारिएका वन्यजन्तुका अंगप्रत्यंग (आखेटोपहार) जेठ ८ गते जैविक विवधता दिवसको दिनमा जलाईने भएको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले आखेटोपहार नष्ट गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्को निर्णयअनुसार राम्रो अवस्थामा रहेका केही आखेटोपहारलाई वैज्ञानिक अध्ययन अनुसन्धान, प्रदर्शनी तथा अन्य प्रयोजनका लागि नमुना बारकोडका साथ सुरक्षित राखिनेछ भने कुहिएर जाने सबै आखेटोपहारलाई नष्ट गरिने भएको छ ।

टिकैंलीस्थित वनको तालिम केन्द्र र चितवन निकुञ्जको मुख्यालय कसरामा रखिएका एकसिंगे गैँडाका खाग , हात्तीका दाह्रा र छाला, बाघको छाला र नंग्रा , चितुवा , हिउँ चितुवा, हाब्रे र ओतको छाला, कस्तुरी मृगको विना , भालुको पित्त , सालकको खपटा, अजिंगरको छाला, चितुवा, हाब्रे र ओतको छाला , कस्तुरी मृगको विना , भालुको पित्त, सालकको खपटा, अजिंगरको छाला, चितुवाको खप्परलगायत दर्जनौं प्रजातिका हजारौँ आखेटोपहार जलाउने निर्णय भएको छ ।

निकुञ्न विभागका महानिर्देशक मनबहादुर खडकाले केही अध्ययन अनुसन्धानको लागि राखेर अधिकांश नष्ट गर्न निर्णय भएकोले जेठ ८ गते जैविक विवधता दिवसका दिनमा बिहान ९ बजे जलाउने बताए । उनले भने ‘ राष्ट्रिय , अन्तर्राष्ट्रिय ,स्थानीय र संञ्चारकर्मी लगायतको उपस्थितिमा आखेटोपहनारमा जलाइने छ । ”

हालै संशोधित राष्ट्रिय निकुञ्ज वन्यजन्तु ऐन को मूल दफा २० क उपदफा ३ मा संरक्षण गर्न उपयोगी र आवश्यक नदेखिएको आखेटोपहार नेपाल सरकारले नष्ट गर्न सक्ने उल्लेख गरिएको छ । चितवनका टिकौली र कसरामा वर्षांैदेखि भण्डारण गरिएका आखेटोपहारको व्यवस्थापन गर्ने सम्बन्धमा यसअघि व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिले पनि सरकारलाई निर्देशन दिएको थियो । मन्त्रालयबाट पटक पटक आखेटोपहार नष्ट गर्न प्रयास भए पनि कानुन को अभावमा निर्णय गर्न सकिएको थिएन ।

मुलुकभरबाट बरामद गरिएका सबैखाले आखेटोपहार कसरा र टिकौलीमा भण्डारण गरिएको छ । भण्डारण गरिएका कतिपय छाला बिग्रिएर एकै ठाउँमा छरपष्ट रहेको, टुक्रिएको र कुहिएकाले पनि नष्ट गर्न लागिएको हो । कसरा र टिकौलीमा सयौँ थान गैँडाका खाग, पाटेबाघ, चितुवा, चरी बाघ, निगाले बाघ र सालकको छाला, जङ्गली हात्तीका दाह्रा, भालुको नङ्ग्रा र पित्त, कस्तुरी मृगको बिनालगायत आखेटोपहार सङ्कलन गरिएको छ ।

मुलुकका कुनै पनि कुनामा अवैध व्यापार गर्ने क्रममा प्रहरीबाट बरामद गरिएका र प्राकृतिक वासस्थानमै मरेका सबै वन्यजन्तुका अंगहरु वर्षाैदेखि टिकौली र कसरामा जम्मा गरिएको छ । निकुञ्ज÷आरक्ष र संरक्षण क्षेत्रभित्र बरामद गरिएका र मरेका वन्यजन्तुका अंललाई कसरामा राख्ने गरिएको छ भने निकुञ्ज संरक्षण क्षेत्र बाहिर बरामद गरिएकालाई तालिम केन्द्रस्थित टिकैलीमा राखिएको छ ।

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics