मर्मतको क्रममा विद्युत् कर्मचारीको मृत्यु



सुनसरीको इटहरी विद्युत् प्रसारण कार्यालयमा कार्यरत फोरमेन प्रकाश पौडेलको करेन्ट लागेर मृत्युभएको छ ।

शनिवार इटहरी उपमहानगरपालिका–५ जनता बस्तीमा रहेको बिग्रिएको विद्युत् पोलको तार मर्मत गर्ने क्रममा अकस्मात विद्युत् प्रवाह भई करेन्ट लाग्दा ४८ वर्षीय पौडेलको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका कर्मचारी पौडेललाई उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेश सुबेदीले बताए ।

मृतक पौडेलको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र सो घटनाका विषयमा प्रहरीले छानबिन थालेको समेत सुबेदीले जानकारी दिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics