३० डिग्री नाघ्यो तापक्रम



उपत्यकाको तापक्रम आइतबार दिउसो ३० दशमलव ४ डिग्री सेल्सियस रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । केहीदिनयता काठमाडौँको तापक्रम बढीरहेको छ । बादल हटेर आकाश खुल्ला भएपछि चर्को घाम लागेकोले गर्मी बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलले भने ‘खुल्ला भएर चर्केको घामले तापक्रममा वृद्धि ल्याएको छ ।’ पौडेलले भने, ‘तत्काल तापक्रम धेरै बढ्ने सङ्केत देखिँदैन । तराईका उत्याधिक गर्मी हुने जिल्लाहरूमा तापक्रम ३९/४० डिग्री सेल्सियस सम्म पुग्ने देखिन्छ ।’

महाशाखाका अनुसार तत्काल वर्षा हुने सङ्केत देखिँदैन । मौसमविद् पौडेलका अनुसार तराईमा ततकाल वर्षा हुने कुनै मौसमी प्रणाली देखिँदैन । यद्यपि पहाडी भूभागमा स्थानीय वायुको प्रभावले छिटफुट वर्षा भए पनि ठुलो वर्षा हुने सङ्केत छैन । उनी भन्छन् ‘चर्को घाम लागेपछि तापक्रम वृद्धि हुनु सामान्य हो ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics